• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले ★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन् ★   बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु ★   त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए – शिक्षामन्त्री

‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’



काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प नभएको बताइन् । विकेन्द्रीकरण सहयोग समाज नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ बिषयको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुने बताउँदै आयोगले दिएको सङ्ख्या परिवर्तन हुन्छ भने ।

समाजका महासचिव एवम् सांसद रामचन्द्र पोखरेलले व्यापक छलफल गरेर स्थानीय संरचना विभाजन गर्नुपर्ने बताए। सांसद लक्ष्मी राईले स्थानीय निकाय बलियो भए मात्र देश बलियो हुने भएकाले स्थानीय निकायलाई बलियो बनाउनुपर्ने बताइन् । समाजले स्थानीय तहमा काम गरी मन्त्रीमा नियुक्त भएकामा शान्तिमन्त्री यादव, उद्योगमन्त्री नवीन्द्रराज जोशी र संस्कृतिमन्त्री शाहीलाई सम्मान पनि गरिएको थियो ।