१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवास सुनिश्चित गर्ने विधेयकप्रति एक मत



अ+ अ-

काठमाडौँ, २७ भदौ (रासस) ः प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले प्रत्येक नागरिकलाई उपयुक्त र सुरक्षित आवासको व्यवस्था गर्नेसम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन परिमार्जनसहित आज पारित गरेको छ ।

समितिको बैठकले सङ्घीय, प्रादेशिक र स्थानीय तहले पारस्परिक समन्वयमा उपलब्ध स्रोत साधनका आधारमा बासविहीन व्यक्ति तथा परिवारलाई प्राथमिकीकरण गरी आवास सुविधा उपलब्ध गराउने प्रावधान रहेको विधेयकलाई अघि बढाउने निर्णय गरेको हो । समितिमा नेपालको संविधानको मौलिक हकमा समाविष्ट आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको २०७५ माथि केही समयदेखि छलफल हुँदै आएको छ ।

नेपाल सरहदभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा घरजग्गा नभएको र परिवारको आयआर्जन, स्रोत वा प्रयासबाट आवासको प्रबन्ध गर्न असमर्थ र प्राकृतिक विपत्तिका कारण विस्थापितलाई आवास उपलब्ध गराउँदा प्राथमिकता दिइने विधेयकमा उल्लेख गरिएको छ ।

भौगोलिक विकटताका कारणले सेवासुविधा पु¥याउन नसक्ने दुर्गम, विकट तथा असुरक्षित स्थानका बस्ती स्थानान्तरण गरी सुविधायुक्त स्थानमा सार्ने विषय पनि विधेयकमा समेटिएको छ । यसअघि बैठकमा सदस्यहरुले कुनै जातिविशेष र समुदायभन्दा अतिविपन्न र विपन्न परिवारको पहिचान र प्राथमिकताको वर्गीकरण गरेर राज्यले आवासको व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभएको थियो ।

ठूला महलका तला भाडामा लिएर एक दर्जन रात्रिबस चलाउने व्यक्ति सुकुम्बासीको सूचीमा रहँदै आएको अवस्थालाई अन्त्य गर्न विधेयकमा गलत तथ्य र तथ्याङ्क उपलब्ध गराएर आवासको अधिकार दावी गर्नेलाई दण्ड र जरिवानाको प्रावधानसमेत राखिएको छ । राज्यले कुनै कामविशेषमा कसैको आवास र जमीन अधिग्रहण गर्नुपरेमा क्षतिपूर्ति दिएर मात्र गर्न सक्ने व्यवस्था गरिएको छ ।

मुलुकमा हाल आवासविहीनको सङ्ख्या यकिन नभए पनि करीब ६५ लाख जनताको सुरक्षित आवासमा पहुँच हुन नसकेको अनुमान गरिएको शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवासविहीनको लगत सङ्कलनलाई व्यवस्थित गर्न गलत तथ्याङ्क दिनेलाई दण्ड र जरिवानाको व्यवस्था गरिएको छ, विधेयकले अब प्रत्येक आवासविहीन नेपाली नागरिकलाई आवासको सुनिश्चित गरेको छ, डुबान, बाढीपहिरोबाट जोखिम र असुरक्षित बस्तीलाई स्थानान्तरण गर्ने विषय पनि समेटिएको छ ।”