१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार ः दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ, २७ भदौ (रासस) ः धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ ।

बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धि सँगै अर्को उचाइमा पुगेको हो । कूल १६५ कम्पनीको रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको शेयर किनबेच भएको थियो । स्टकका अनुसार आज होटल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत् ४.८१, निर्जीवन बीमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बीमा समूह ३.९८ बिन्दुले बढेका छन् । कारोवारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ । सो बैंकको रु चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ ।

ग्लोबल आइएमई बैंकको रु तीन करोड ६९ लाखबराबरको शेयर कारोवार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका शेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५.७ प्रतिशत गुमाएका छन् ।
–––