
काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्र्षीया बालिका निर्मला पन्तका हत्यारा छिट्टै पक्राउ पर्ने आश्वासन दिएका छन् । निर्मलाको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानुनको कठघरामा आउनेछन् – शुक्रबार राष्ट्रिय सभामा उहाँले बताए ।
राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले हत्यारा खोज्ने काममा सरकार गम्भीरताका साथ लागेको पनि बताए । मन्त्री थापाले यसअघि पक्राउ परेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर आफूले नभनेको भने जिकिर गरे ।
भदौ ७ गते गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले यस घटनामा संलग्न को हुन र अनुसन्धानको क्रममा कसले लापरबाही गरे भन्ने अनुसन्धान गरिरहेको उनले बताए ।
उनले सरकारले फेरि अनुसन्धानमा तिब्रता दिएको छ, दोषी जो सुकै भएपनि कानुनको कठघरामा आउँछन् उम्किने पाउँदैनन् ।