१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक विकासमा अघि बढने ः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ, २९ भदौँ, (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताउनुभएको छ ।

कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौँ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी समय खेर फाल्ने अवस्थामा छैनौ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौं ।”

प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकीकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक भएको जनाउँदै “नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छ” भन्नुभयो ।

उहाँले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह पनि गर्नुभयो

प्रधानमन्त्री ओलीले विगतमा विभिन्न कारणले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याउने तथा नयाँ उद्योगको स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

बन्द भएका उद्योगको सञ्चालन पछि थप रोजगारीको अवसर सिर्जना हुने र नयाँ उद्योग स्थापनापछि आर्थिक विकास तथा समृद्धिका लागिसमेत योगदान दिने भएकाले सरकार सोही वातावरण बनाउन लागिपरेको स्पष्ट पार्नुभयो ।

औद्योगिक क्षेत्रमा विनाहिचकिचाहट लगानीका लागि लगानीकर्तालाई आह्वान गर्दै उहाँले लगानीका लागि एकद्वार प्रणालीको विकास गरिने धारणा राख्नुभयो । थप लगानीका लागिरहेको कानूनी र व्यावहारिक जटिलतालाई क्रमशः हल गरिने भन्दै उहाँले लगानीको सुरक्षा गर्दै लगानीकर्तालाई उपयुक्त अवसर प्रदान गरिने बताउनुभयो ।

भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेकोे स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले रक्सौल काठमाडौँ रेलमार्ग निर्माणबारे एक खालको सहमति भएको र थप प्रक्रियासमेत अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा रामशरण महतले स्थानीय र प्रदेश तहमा थुप्रै संरचना बने पनि संस्थागत क्षमता नहुनु सरकारका लागि ठूलो चुनौती भएको बताउनुभयो ।

सात सय ५३ तहको स्थानीय सरकार र सात प्रदेश सञ्चालनका लागि ठूलो आर्थिक स्रोत चाहिने भन्दै त्यसलाई दिगो बनाउन लाग्नुपर्ने सुझाव दिनुभयो ।

सो कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योगी व्यवसायी, विभिन्न राजनीतिक दलका नेता, भारतीय जनता पार्टीका नेता, प्रवासी नेपाली लगायतको सहभागिता थियो ।