
एजेन्सी । अभिनेता शाहिद कपुर स्टारर आगामी फिल्म ‘जर्सी’को ट्रेलर सार्वजनिक भएको छ ।
गौतम तिन्नुरीको निर्देशनमा बनेको यस स्पोट्र्स ड्रामा फिल्ममा अभिनेत्री मृणाल ठाकुरको पनि पनि मुख्य भूमिका रहेको छ । फिल्ममा शाहिद क्रिकेटर बनेका छन् भने मृणाल शाहिदको पत्नीको भूमिकामा छिन् ।
यस्तै शाहिदका बुबा पंकज कपुरले फिल्ममा प्रशिक्षकको भूमिका निभाएका छन् ।
फिल्ममा एक खेलाडी क्रिकेट छोड्छन् र आफ्नो छोरालाई ‘जर्सी’ किन्नका लागि फेरि मैदानमा उत्रिएको कथा दर्शाइएको छ ।
३१ डिसेम्बरमा रिलिज हुने यो फिल्म सोही नाम गरेको तमिल फिल्मको रिमेक रहेको छ ।