• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

अफगान राष्ट्रपति दिल्ली अाइपुगे



नयाँदिल्ली, ३ असोज (एएनआई) ः अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली आइपुग्नुभएको छ ।

एक दिवसीय उक्त भ्रमणका अवसरमा उहाँहरुबीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा भारतीय सहयोगमा सञ्चालित विकास कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

साथै दुवै नेताबीच भारतीय सहयोगमा अफगानिस्तानमा सञ्चालित पूर्वाधार परियोजनाको प्रगतिका बारेमा समीक्षा पनि हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति घानीलाई इन्डिया फाउन्डेसनले दिल्लीमा नागरिक सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।