३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रसंघमा ट्रम्पकाे बडप्पन, इरानमाथिको प्रतिबन्ध सही कदम – ट्रम्प

राष्ट्रसंघमा ट्रम्पकाे बडप्पन, इरानमाथिको प्रतिबन्ध सही कदम – ट्रम्प
अ+ अ-

न्यूयोर्क, ९ असोज – विश्वकै शक्तिशाली र लाेकतन्त्रकाे संरक्षक मानिएकाे संयुक्तराज्य अमेरिकाकाे विश्व राजनीतिमा एकछत्र प्रभाव रहेकाे भन्नेजस्ताे झल्काे दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गठबन्धन र विपक्षमा रहेका विश्वका सबैजसाे मुलुकमाथि राम्राे काम गर्न नसकेकाे अाराेप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दा ट्रम्पले पूर्वी एसिया, मध्यपूर्व, अफ्रिका, युराेपदेखि दक्षिण अमेरिकाका सबैजसाे देशका विरूद्ध बाेलेका थिए । उहाँ भन्दै हुनुहुन्थ्याे, संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको छ । राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउनेगरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरु अघि बढेको र चाँडै अर्को शिखर बैठकको आयोजना हुने जानकारी दिँदै राष्ट्रपति ट्रम्पले निःशस्त्रीकरणका कार्यहरु पूरा भएपछि आर्थिक प्रतिबन्धहरु फुकुवा हुने स्पष्ट गर्नुभयो ।

उहाँले उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्न दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र जापानका प्रधानमन्त्री सिन्जो आबेले गर्नुभएको मध्यस्थताका लागि धन्यवाद पनि दिनुभयो ।

राष्ट्रपति ट्रम्पले कुनै समय दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुएलाको अव्यवस्था र गलत राजनीतिक प्रणालीका कारण मुलुक लगभग टाट पल्टिएको चर्चा गर्दै अहिले त्यहाँबाट २० लाखभन्दा बढी मानिस अन्य देशमा पलायन हुन बाध्य भएको बताउनुभयो । उहाँले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारमाथि थप प्रतिबन्ध लगाउने जानकारी दिनुभयो ।

संयुक्तराज्य अमेरिकाले प्रत्येक वर्ष विभिन्न मुलुकका लागि उपलब्ध गराइआएको आर्थिक सहायताको समीक्षा गर्नुपर्ने समय आएको चर्चा गर्दै अमेरिकी सहयोग अमेरिकाकै हितमा समेत नभएकामा दुःख व्यक्त गर्नुभयो ।

पछिल्लो व्यापारिक तनावका बारेमा समेत चर्चा गर्नुभएका राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा पछिल्लो वर्षसम्म करिब आठसय अर्ब डलर पुगेको बताउनुभयो । यो परिस्थिति उत्पन्न हुनुमा विगतका अमेरिकी नीति मुख्य रुपमा जिम्मेवार रहेको बताउँदै उहाँले यही खुकुला नीतिका कारण चीनले फाइदा लिएको दाबी गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– विगतका असमान व्यापार सम्झौताहरु हामीलाई स्वीकार्य छैन । अमेरिकामा सामान थुपार्ने, आफ्ना सामानमा अनुदान दिने, अमेरिकी उद्योगमाथि लक्षित गर्ने तथा आफ्नो देशको मुद्रालाई तोडमोड गर्ने कार्य अब सह्य हुँदैन ।

 

ट्रम्पकाे विरूद्धमा राष्ट्रसंघमा अायाेजित प्रदर्शन

उहाँले राष्ट्रसंघको कार्यशैलीमाथि समेत प्रश्न गर्दै अमेरिकी हित विपरीत रहेका कारण राष्ट्रसंघीय मानवअधिकार आयोगबाट अमेरिका बाहिरिएको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– अमेरिकाका सन्दर्भमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) को कुनैपनि क्षेत्राधिकार, वैधानिकता र अख्तियारी छैन । राष्ट्रसंघीय मानवअधिकार आयोग र आइसीसीले अमेरिका र इजरायलका विरुद्ध काम गर्न थालेको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा अमेरिकाले अभूतपूर्व प्रगति गरेको, रोजगारी बढेको, व्यापार घाटामा कमी आएको, विदेसिएका कलकारखाना स्वदेश फर्किन थालेको भनाइ राखेर सम्बोधन शुरु गर्नुभएको थियो ।

अमेरिका र अमेरिकी सामथ्र्यलाई केन्द्रमा राखेर गरिएको ट्रम्पको सम्बोधनप्रति पक्ष र विपक्षमा बहस शुरु भएको छ ।

(रासस/एएफपी)