३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गगन र विराेध खनिए सरकारमाथि, रुख काट्नेहरु हत्यारा ठहरिन्छन् – खतिवडा

गगन र विराेध खनिए सरकारमाथि, रुख काट्नेहरु हत्यारा ठहरिन्छन् – खतिवडा
अ+ अ-

काठमाडाैं । प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा नेपाली कांग्रेसका युवा नेता गगन थापा र सत्तापक्ष नेकपाका सांसद विराेध खतिवडाले सरकारका काम कारवाही पारदर्शी नभएकाे भन्दै चर्काे अालाेचना गर्नुभयाे ।

गेजुवालाइ नै बुढी गण्डकी अायाेजना दिन किन मरिहत्ते

युवा नेता गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा कम्पनीलाई दिन किन मरिहत्ते गरेको भनी सरकारलाई प्रश्न गर्नुभएकाे छ । उहाँले प्रतिस्पर्धा गराएर योग्य कम्पनी छनोट गर्नुपर्नेमा किन गेजुवालाई नै दिन मरिहत्ते गरेको भनी प्रश्न गर्नुभएकाे थियाे ।

‘प्रश्न यहाँ चिनियाँ सरकारको लगानी होइन प्रश्न चिनियाँ कम्पनीको होइन, कसैले झुक्याउने प्रयास नगरोस्, ऋण चीनसँगै लिए हुने, आयोजना चिनियाँ कम्पनीलाई नै दिए हुन्छ प्रतिस्पर्धामा छनोट हुन्छ भने’ उहाँले भन्नुभयाे ‘प्रश्न प्रतिस्पर्धा किन नगराएको भन्ने हो ? प्रश्न, आफै ऋण लिन सक्ने हुँदाहुँदै सरकारले निरिहता प्रस्तुत गरेर ऋण तिमी नै ल्याइदेऊ भनेर त्यो मोडालिटीमा सम्झौता किन गरेको भन्ने हो । त्यो भन्दा पनि ठूलो प्रश्न यही कम्पनीलाई दिन यत्रो मरिहत्ते किन भन्ने हो ।’

बुढीगण्डकी आयोजना गेजुवालाई दिन केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारबाट निर्देशन दिएको र प्रचण्ड सरकारले सम्झौता नै गरेको थापाले बताउनुभयाे । उहाँले बुढीगण्डकी आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए तामाकोशी आयोजना जत्तिकै क्षमताको आयोजना बन्ने रकम बच्ने पनि बताउनुभयाे ।

‘खुला अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए हाम्रै अनुभवको आधारमा पनि १८ प्रतिशतसम्म लागत घट्थ्यो । अर्थात् एउटा तामाकोशी बनाउने पैसा बचत हुन्थ्यो । एउटा तामाकोशी कसले खान लाग्यो ?’ उहाँले प्रश्न गर्नुभयाे ।

सरकारले दशैंको बेला संसद बन्द हुने बेलामा र प्रधानमन्त्री न्युयोर्क जाने बेलामा चोर बाटोबाट चिनियाँ कम्पनीलाई नै जिम्मा दिएको भन्दै थापाले विरोध जनाउनुभयाे ।

विगतमा सरकारले बुढीगण्डकी गेजुवलाई दिएर गल्ती गर्दा संसदीय समितिले रोकेको भन्दै थापाले सरकारले संसदलाई समेत हेपेको अाराेप लगाउनुभयाे । संसदले उक्त सम्झौता खारेज गर्न निर्देशन दिँदा र अहिलेको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै उहाँले सरकारको गल्ती फेरि संसदले सच्याउनुपर्ने धारणा राख्नुभयाे ।

मुख देखाएर हिँड्न लाज भइसक्यो

नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताउनुभयाे ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै लाज भइसकेको बताउनुभएकाे हाे ।

राज्यको स्थायी संयन्त्रले अनुसन्धान अघि बढाउनुभन्दा आयोग बनाएर प्रतिवेदन कुरेर बस्नु लाजमर्दो भएको उहाँले बताउनुभयाे ।

‘हत्या बलात्कार ज्यानमारा सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुकेको छ भनेर खोज्दै हिँड्ने ? के तरिका हो यो’ उहाँले भन्नुभयाे,  ‘आउँदा दिनमा कुनै पनि केसमा आयोग बनाउने टोली खटाउने प्रतिवेदन आउँछ पख्नुस माननीयज्यू भन्ने अनि प्रतिवेदन आएपछि बल्ल छानबिन गर्ने हो ? हरेक घटनामा आयोग बनाउने हो भने स्थायी राज्यको संयन्त्रलाई तलब खुवाएर किन राखेको ? मुख देखाएर हिँड्न लाज भइसक्यो ।’

सांसद खतिवडाले निजगढ विमानस्थलमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नहुँदै, कतिवटा रन वे बनाउने टुंगो नहुँदै र लगानीको सुनिश्चितता नहुँदै रुख काट्न हतार गरेकोमा पनि आपत्ति जनाउनुभयाे ।

‘केही कुरा टुंगो भएको छैन । रुख काटेर बेचिहाल्ने’ उहाँले भन्नुभयाे, ‘दौरा न सौराको खल्ती भनेको यही हो ।’ मेलम्ची आयोजनाको लागि लगानी जुटाउन ८/१० वटा दाता गुहार्नुपरेको भन्दै सांसद खतिवडाले तत्कालै रुख काट्न खोज्नु दिन दहाडै डाँकागिरी भएको बताउनुभयाे ।

‘लाज भन्ने कुरा हुँदैन अलिकति, सरम भन्ने कुरा हुँदैन’ आक्रोशित हुँदै खतिवडाले भन्नुभयाे  ‘दिन दहाडै डाँकागिरी ?’

डीपीआर तयार र लगानीकर्ता टुंगो नलागेसम्म रुख काट्नेहरु हत्यारा ठहरिने सांसद खतिवडाले चेतावनी दिनुभयाे ।

चिनी उद्योगीहरुले सरकारसँगै साँठगाँठ गरेर मूल्यवृद्धि गराएको पनि खतिवडाले बताउनुभयाे । सुरुमा भन्सार वृद्धि गर्न लगाएका उद्योगीहरुले पछि चिनीको आयात नै रोक्न लगाएको र अहिले दशैंको बेलामा मूल्यवृद्धि उहाँको आरोप छ ।

‘उखु किसानको पैसा भुक्तानी गर्ने नाममा चिनीको भन्सार १५ प्रतिशतबाट ३० प्रतिशत बनाइयो, ३० प्रतिशत भन्सारले पुगेन पुरै रोक्नपर्छ भनेपछि आयात नै रोकियो’ उहाँले भन्नुभयाे,  ‘केही दिनअघि प्रधानमन्त्री कार्यालयमा तामा तुलसी छोएर किलाको ६४ रुपैयाँ भन्दा बढीमा बेच्दैनौं प्रतिज्ञा गरेर निस्कनुभयो । अहिले दशैं तिहारमा सय रुपैयाँ नघाउछौं भनेर गर्वका साथ घोषणा गर्दै हिँडेका छन् ।’ उहाँले भन्नुभयाे ।

चिनी माफियाका अगाडि सरकार निरिह भएको सांसद खतिवडाको आरोप छ । ‘यो निरिहता कसको ? यो निरिहतामात्र होइन चिनीको चास्नीमा कुन कुन झिँगा लटपटिएका छन् । खुल्दै जाला’ उहाँले भन्नुभयाे ।