३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सिङ्गो गाँउवासीकै घर पुनःनिर्माण हुन सकेन

सिङ्गो गाँउवासीकै घर पुनःनिर्माण हुन सकेन
अ+ अ-

दोलखाको भीमेश्वर नगरपालिका–२ फुलपाका जग्गाबिहीन सीमान्तकृत समुदायका भूकम्पपीडितले भूकम्प गएको तीन वर्ष हुँदासम्म घर निर्माण गर्न पाएका छैनन् । वर्षौदेखि अर्काको जग्गा कमाएर बस्दै आएका उक्त समुदायका ६४ घर परिवारले आफ्ना नाममा लालपुर्जा नभएकै कारण घर निर्माण गर्न नपाएका हुन् ।

घर निर्माणका लागि नक्सापास अनिवार्य गरिएको र यसका लागि आफ्नो नाममा लालपुर्जा नभएका कारण नगरपालिकाले नक्सापास नगरेको स्थानीयवासी प्रतिमा योगीले बताए । पुनःनिर्माण प्राधिकरणले जारी गरेको लाभग्राही सूचीमा ६४ जनाकै नाम भए पनि लालपुर्जा नभएका १९ घरपरिवारले पुनःनिर्माणसम्बन्धी कुनै पनि सहायता पाएका छैनन् भने बाँकीले मञ्जुरीनामा पाएकाले केही सहायता पाएका छन् ।पीडित मोहन योगीले हामीले किन सरकारी अनुदान पाएनौं र हामी कहिलेसम्म चिसो कटेरोमा बस्नुपर्ने हो भन्ने चिन्ता व्यक्त गरे ।

जिल्ला मालपोत कार्यलयका प्रमुख मालपोत अधिकृत गोबिन्द अधिकारीले फुलपावासीको मालपोतमा कुनै पनि कागजात नभएकाले मोही र तल्सिङको सहमतिबाट समस्या समधान गर्नुपर्ने बताए राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका जिल्ला अधिकृत रीता लम्सालले जग्गाबिहीन भूकम्पपीडितका लागि राज्यले जग्गा खरिद गर्न थप रु दुई लाख दिने व्यवस्था गरेको जानकारी गराउँदै उनीहरुका लागि जग्गा उपलब्ध गराउन आ–आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।