• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

राति १२ बजेपछि संघीय संसदको वर्षे अधिवेशन अन्त्य हुँदै



आज राति १२ बजेबाट संसद् सचिवालयको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन समाप्त हुँदैछ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर मात्रै अधिवेशन अन्त्यको घोषणा गर्नेछन् ।

राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । त्यसका लागि सरकारको सिफारिस अनिवार्य मानिन्छ । यही संवैधानिक व्यवस्थामा टेकेर राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत जानकारी गराएको बुझिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । गत वैशाख २३ देखि शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औं पटक र राष्ट्रियसभाको ६१ औं पटक बसेर अन्त्य गर्न लागिएको हो ।