• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

बुढीगण्डकी गेजुवालाई दिँदा ठूलो चलखेल भएको छ – सहमहामन्त्री डा.महत



धनगढी, ११ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले स्वदेशी पुँजीले बनाउने भनिएको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी, गेजुवालाई दिदा सरकारको ठूलो चलखेल गरेको बताएका छन् ।

उनले भने– यति ठूलो आयोजना गेजुवालाई दिने काममा सरकारले ठूलो चलखेल गरेको छ र यसमा हामीले स्पष्ट रुपमा नेपालको वर्तमान सरकारबाट नीतिगत र संस्थागत भ्रष्टाचार भएको देखेका छौँ ।

उर्जामन्त्री आफैले यो नेपालको ठूलो र महँगो आयोजना भएकोले स्वदेशी पूँजी पुग्न नसक्ने देखेर विदेशीलाई दिनुपरेको बताएको प्रसंग उल्लेख गर्र्दै सहमहामन्त्री डा.महतले भने– यो जस्तो वाहियात तर्क केही होइन किनभने हामीलाई महँगो लागेको यो आयोजना के चिनियाँ कम्पनीले सित्तैमा बनाइदिने हो र ?

नेपाली काँग्रेस विधान संशोधन सुझाव संकलन समितिको आज धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै सहमहामन्त्री डा.महतले वर्तमान सरकारले बदनियतपूर्वक र ठूलो चलखेल गरेर उक्त आयोजना जिम्मा लगाएको निष्कर्ष नेपाली काँग्रेसले निकालेको धराणा राखे ।

डा.महतले वर्तमान सरकारकै कारण जनता आक्रान्त र आक्रोसित भएको र कम्युनिष्ट शासन तानाशाहभन्दा कम नभएको अनुभव जनताले सुनाउन थालेको बताए ।

देशमा संस्थागत रुपमै भ्रष्टाचार मौलाएको, शान्ति सुरक्षाको अवस्था नेपालको इतिहासमै सबैभन्दा नाजुक रहेको, दिनहूँजसो हत्या र बलात्कारका घट्ना सुन्नुपरेको, महँगीको मारले जनताको ढाड सेकेको भन्दै जनता यो सरकारबाट अवाक भएको सहमहामन्त्री डा.महतले बताए ।

 

बिगतमा सुशासन, सुविधा र समृद्धिको सपना बाँडेको कम्युनिष्ट पार्टीले आज सत्तामा आएपछि जनविरोधी काममात्र गरेको भन्दै उनले भने– देशमा के भइरहेको छ, जनताले के भनेका छन् र उनीहरुको चाहना के छ भन्ने कुरा छर्लङ्गै देखिएको छ, सबैले देखेका छन्, यो काँग्रेसको आरोपमात्र हो भन्ने भ्रममा सरकार नबसे हुन्छ ।

दुई तिहाई बहुमतको र पाँच वर्षका लागि भनिएको यो सरकार छ महिनामै जनताबाटै इतिहासमा सबैभन्दा बढी आलोचित भएको बताउँदै डा.महतले अहिले नै जनता वाक्क भएकोले सरकारको समृद्धि नामको सपना अब धेरै नपत्याउने बताए ।

अहिले नै सरकार अधिनायकवादी भएको र मनपरी ढंगबाट शासन सञ्चालनको लक्षण देखाइसकेकोले सच्चियोस भनेर अवसर दिएको उल्लेखगर्दै यदि यस्तै क्रियाकलापकहरु जारी राख्ने हो र जनतामा अहिलेकै जस्तो आक्रोस थपिँदै जाने हो भने यो सरकारको भविश्य धेरै लामो नरहेको उनको भनाई थियो ।

नेपाली काँग्रेसले अब आन्तरिक सुदृढिकरणका साथै संगठन निर्माण र देशव्यापी जागरण अभियान थालिसकेकोले नयाँ ढंगबाट अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले भने– हाम्रो मत अहिले नै कम्युनिष्टको भन्दा बढी छ तर आज उनीहरु दुई तिहाइको सरकार चलाइरहेका छन् भने अब काँग्रेसले कसरी अघि बढ्ने भन्ने बारेमा सोच्नुपर्छ र नयाँ शैली र स्वरुपमा अघि बढ्नुपर्छ ।

काँग्रेसको वर्तमान विधान विपी कोइरालाजस्ता प्रजातान्त्रिक नेताले बनाएकोले प्रजातान्त्रिक र सान्दर्भिक नै रहेको भए पनि देश संघीयतामा गएकोले यसको संशोधन सुरु गरेको जानकारी दिनुभयो ।