३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बुढीगण्डकी गेजुवालाई दिँदा ठूलो चलखेल भएको छ – सहमहामन्त्री डा.महत

बुढीगण्डकी गेजुवालाई दिँदा ठूलो चलखेल भएको छ – सहमहामन्त्री डा.महत
अ+ अ-

धनगढी, ११ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले स्वदेशी पुँजीले बनाउने भनिएको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी, गेजुवालाई दिदा सरकारको ठूलो चलखेल गरेको बताएका छन् ।

उनले भने– यति ठूलो आयोजना गेजुवालाई दिने काममा सरकारले ठूलो चलखेल गरेको छ र यसमा हामीले स्पष्ट रुपमा नेपालको वर्तमान सरकारबाट नीतिगत र संस्थागत भ्रष्टाचार भएको देखेका छौँ ।

उर्जामन्त्री आफैले यो नेपालको ठूलो र महँगो आयोजना भएकोले स्वदेशी पूँजी पुग्न नसक्ने देखेर विदेशीलाई दिनुपरेको बताएको प्रसंग उल्लेख गर्र्दै सहमहामन्त्री डा.महतले भने– यो जस्तो वाहियात तर्क केही होइन किनभने हामीलाई महँगो लागेको यो आयोजना के चिनियाँ कम्पनीले सित्तैमा बनाइदिने हो र ?

नेपाली काँग्रेस विधान संशोधन सुझाव संकलन समितिको आज धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै सहमहामन्त्री डा.महतले वर्तमान सरकारले बदनियतपूर्वक र ठूलो चलखेल गरेर उक्त आयोजना जिम्मा लगाएको निष्कर्ष नेपाली काँग्रेसले निकालेको धराणा राखे ।

डा.महतले वर्तमान सरकारकै कारण जनता आक्रान्त र आक्रोसित भएको र कम्युनिष्ट शासन तानाशाहभन्दा कम नभएको अनुभव जनताले सुनाउन थालेको बताए ।

देशमा संस्थागत रुपमै भ्रष्टाचार मौलाएको, शान्ति सुरक्षाको अवस्था नेपालको इतिहासमै सबैभन्दा नाजुक रहेको, दिनहूँजसो हत्या र बलात्कारका घट्ना सुन्नुपरेको, महँगीको मारले जनताको ढाड सेकेको भन्दै जनता यो सरकारबाट अवाक भएको सहमहामन्त्री डा.महतले बताए ।

 

बिगतमा सुशासन, सुविधा र समृद्धिको सपना बाँडेको कम्युनिष्ट पार्टीले आज सत्तामा आएपछि जनविरोधी काममात्र गरेको भन्दै उनले भने– देशमा के भइरहेको छ, जनताले के भनेका छन् र उनीहरुको चाहना के छ भन्ने कुरा छर्लङ्गै देखिएको छ, सबैले देखेका छन्, यो काँग्रेसको आरोपमात्र हो भन्ने भ्रममा सरकार नबसे हुन्छ ।

दुई तिहाई बहुमतको र पाँच वर्षका लागि भनिएको यो सरकार छ महिनामै जनताबाटै इतिहासमा सबैभन्दा बढी आलोचित भएको बताउँदै डा.महतले अहिले नै जनता वाक्क भएकोले सरकारको समृद्धि नामको सपना अब धेरै नपत्याउने बताए ।

अहिले नै सरकार अधिनायकवादी भएको र मनपरी ढंगबाट शासन सञ्चालनको लक्षण देखाइसकेकोले सच्चियोस भनेर अवसर दिएको उल्लेखगर्दै यदि यस्तै क्रियाकलापकहरु जारी राख्ने हो र जनतामा अहिलेकै जस्तो आक्रोस थपिँदै जाने हो भने यो सरकारको भविश्य धेरै लामो नरहेको उनको भनाई थियो ।

नेपाली काँग्रेसले अब आन्तरिक सुदृढिकरणका साथै संगठन निर्माण र देशव्यापी जागरण अभियान थालिसकेकोले नयाँ ढंगबाट अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले भने– हाम्रो मत अहिले नै कम्युनिष्टको भन्दा बढी छ तर आज उनीहरु दुई तिहाइको सरकार चलाइरहेका छन् भने अब काँग्रेसले कसरी अघि बढ्ने भन्ने बारेमा सोच्नुपर्छ र नयाँ शैली र स्वरुपमा अघि बढ्नुपर्छ ।

काँग्रेसको वर्तमान विधान विपी कोइरालाजस्ता प्रजातान्त्रिक नेताले बनाएकोले प्रजातान्त्रिक र सान्दर्भिक नै रहेको भए पनि देश संघीयतामा गएकोले यसको संशोधन सुरु गरेको जानकारी दिनुभयो ।