३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ ः प्रधानमन्त्री ओली

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ ः प्रधानमन्त्री ओली
अ+ अ-

न्यूयोर्क, १२ असोज (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ ।
उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताउनुभयो ।

उहाँले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यसअघि सन् २००६ मा यस मञ्चबाट सम्बोधन गर्दा नेपाल ऐतिहासिक राजनीतिक सङ्क्रमणमा रहेको उल्लेख गर्दै वार्ता तथा छलफलका माध्यमबाट नेपालीले मुलुकमै बनेको, नेतृत्व दिइएको आफ्नै शान्ति प्रक्रियामा मौलिक रुपमा सफलता हासिल गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाली राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र यसले राज्यको पुनः संरचनामार्फत विविधतामा एकता प्रवद्र्धन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान सङ्घीय गणतन्त्रको संरचनामा प्रजातान्त्रिक राजनीति बलियो बनाउने कुरा मात्र नभई यसले जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता दिएको बताउनुभयो । उहाँले शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व यस संविधानको प्रमुख विशेषता भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गत वर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीयस्तरको स्वतन्त्र, निष्पक्ष निर्वाचनबाट सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताउनुभयो । उहाँले यस निर्वाचनबाट ४१ प्रतिशत महिला विभिन्न निकायमा आएको बताउँदै बाँकी नौ प्रतिशत रिक्त स्थान पनि पूर्ति गरिने बचनबद्धता प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचनले बलियो सरकार दिएको, आफूले नेतृत्व गरेको सरकारसँग संसदमा तीन चौथाई समर्थन प्राप्त भएको र प्रान्तका सरकारहरुले पनि बलियो बहुमतको समर्थन प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाली शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय समुदायले दिएको सहयोगका लागि कृतज्ञता प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको विदेश नीतिले सबैसँग मैत्री भावना कायम राख्ने र कसैसँग शत्रुता नराख्ने बताउनुभयो । साथै उहाँले क्षेत्रीय सहयोगको प्राथमिकता अनुसार नेपालले हालै बिमस्टेकको चौँथो शिखर बैठक आयोजना गरेको र सार्कलाई महत्वपूर्ण क्षेत्रीय सङ्गठनको रुपमा पुनः सबल भएको देख्न चाहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान विश्व विनाश तथा बचनबद्धताको मौलिक विरोधाभाषसँगै महत्वपूर्ण सङ्घारमा उभिएको र गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, बलपूर्वक विस्थापन तथा प्राकृतिक प्रकोपदेखि हतियारको प्रतिस्पर्धासम्मका चुनौतीहरु विश्वसमुदायले भोगिरहेका उल्लेख गर्नुभयो । उहाँले सभाध्यक्षले यसै साता सभालाई सम्बोधन गर्दा रेखाङ्कित गरेको सातवटा प्राथमिकताका क्षेत्रलाई नेपालले समर्थन गर्ने बताउनुभयो ।

आरम्भमा प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको शताब्दीयौँ जन्मदिवसका अवसरमा उहाँ र उहाँले सङ्घर्ष गर्नुभएको स्मरण गर्दै सम्मान व्यक्त गर्नुभयो । महाधिवेशनको यस सत्रको सफलताका लागि बुद्ध र सगरमाथाको भूमिबाट शुभकामना ल्याएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

 प्रधानमन्त्री ओलीकाे सम्बोधन (भिडियाेसहित)

http://webtv.un.org/watch/player/5841206206001