• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

१५ दिनपछि वारीबेनी–बाँसखर्क सडक सञ्चालनमा



कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

जलजला गाउँपालिकाको नदीले कटान गरेको सडक मर्मत गरेर अस्थायी रूपमा सवारी सञ्चालन गर्न सकिने बनाएको स्थानीय जलजला वडा नं ३ का वडाध्यक्ष रवि भण्डारीले जानकारी दिए ।

वारीबेनीदेखि बगरफाँटको बीचमा पर्ने करीब २० मिटर सडक कालीगण्डकीले बगाएको थियो । सडक सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न ढुवानी गर्न सहज भएको छ । सडक सञ्चालनमा आएपछि जलजला–१ बाँसखर्क, २ माझफाँट र ३ बगरफाँट तथा वडा नंं ५ लेखफाँटका बासिन्दा चाडबाडको बेलासँगै लाभान्वित बनेका छन् ।

यो सडक हुँदै बाँसखर्कबाट वार्षिक रु पाँच करोडको सुन्तला निर्यात हुँदै आएको छ । कटानकै कारण नदी किनारमा रहेको बगरफाँट र बारीबेनी बस्ती जोखिममा रहेका छन् ।