९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बिकासमा चीनको सधै साथ रहन्छ —चीनियाँ राजदूत यु होङ



अ+ अ-

नेपालको बिकासमा चीनको सधै साथ रहन्छ —चीनियाँ राजदूत यु होङ

काठमाडौँ —चीनियाँ राजदूत यु होङले नेपालको विकासमा चीन अझै प्रतिबद्ध भएर लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । चीनको ७९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राजदुत युङले भौतिक पूर्वाधार, उर्जा, विकास, कृषि, प्रविधिलगायतका क्षेत्रमा नेपालमा चीनले सहयोगको गर्ने जानकारी दिनु भयो ।
राजदुत होङले आपसी हित, समानता र सम्मानको सिद्धान्तअनुसार नेपालको विकासमा आफ्नो देशले पूर्ण?पमा सघाउने बताउनु भयो । नेपाल र चीन दुबैको प्रयत्नले दुई देशको सम्बन्ध यस वर्ष अझै बलियो भएको उहाको दाबी थियो । यसै बर्ष भएका उच्च स्तरीय भ्रमण ले सम्बन्ध नया उचाईमा पुगेको भन्दै उहाले नेपालको बिकासको एक साझेदारमा ?पमा चीन रहनु सकारात्मक रहेको बताउनु भयो । उहाले भन्नुभयो नेपाल चीन पारबहन सन्धीले झन यो उचाईलाई मजबुत बनाउने छ ।
राजदुत होङले चीनको वान बेल्ट वान रोड परियोजनाले हिमाल वारपारको परिबहन र यसको बहुआयामिक कटेक्टिभीटी बढाउने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन , बिभिन्न दलका नेताह? उच्च सरकारी अधिकारी , सुरक्षा प्रमुखह? तथा नेपालमा रहेका बिभिन्न कुटनीतिक नियोगका अधिकारीहरु, उद्योगी ब्यबसायी तथा बिभिन्न क्षेत्रका ब्यक्तिह?को सहभागिता रहेको थियो । कार्यक्रममा चिनिया सास्कृतिक झाकीहरु पनि प्रर्दशन गरीएको थियो ।