३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा छ’

‘चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा छ’
अ+ अ-

सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्ततु गरिएको र छलफलका क्रममा रहेको जनाएको छ ।

चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान विकृति, विसङ्गति तथा कमीकमजोरीलाई अन्त्य गर्न सरकार क्रियाशील रहेको र गम्भीरताका साथ काम गरिरहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री गिरिराजमणि पोखरेललाई लक्षित गरी सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सदनभित्र विधेयक दर्ता भइसकेको सन्दर्भमा डा केसीसँग भएको सहमति कार्यान्वय गर्ने प्रमुख थलो जननिर्वा्चित संस्था नै रहेको तथ्य नभुल्नसमेत मन्त्रालयले आग्रह गरेको छ । विधेयक संशोधनको प्रक्रिया जारी रहेको र थप छलफल शिक्षा तथा स्वास्थ्य समितिमा भइरहेको छ ।

सङ्घीय संसद्को बैठक अन्त्य हुने दिनमा पनि शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न भरमग्दुर प्रयत्न गरेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले विधायिकी अधिकारीमाथि कार्यपालिकाले हस्तक्षेप गर्न नसक्ने संवैधानिक सीमा र शक्ति पृथककीकरणको मान्यतालाई आत्मसात् गर्नुपर्ने लाकेतान्त्रिक मूल्यप्रति मन्त्रालय र मन्त्री पोखरेल सचेत रहँदै आफ्ना तर्फबाट अधिकतम पहल गरेको बताए ।

डा केसीले मन्त्री पोखरेलले विधेयकका सम्बन्धमा सार्वजनिक भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको र विधेयक पारित नभएको अवस्थामा आपसी असमझदारी हुन नदिने अभिप्रयाले मन्त्रालयका सहचिव डा. हरि लम्साललाई जिम्मेवारी दिइएको छ ।

मन्त्रालय सहमति तथा संवादबाटै समस्याको समाधान गर्न हरदम तयार रहेको उल्लेख गर्दै प्रवक्ता अर्यालले डा केसीसँग भएको सहमतिसमेत कार्यान्वयनमा आउने र त्यसका लागि सरकार प्रयत्नशील रहेको बताए ।