३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

अर्धजलाशययुक्त ढाँचाको बेतन कर्णाली अघि बढ्ला त ?

अर्धजलाशययुक्त ढाँचाको बेतन कर्णाली अघि बढ्ला त ?
अ+ अ-

–रमेश लम्साल
छ लाख बढी सञ्चयकर्ताको लगानीमा कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम शुरु गरेको छ ।

आयोजना निर्माणका लागि कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी स्थापना गरेको छ । कम्पनीले एक सूचनामार्फत वातावरणीय प्रभाव मूल्याङ्कनको काम शुरु भएको जनाएको छ । शुरुमा ६८८ मेगावाट क्षमतामा निर्माण गर्न निर्णय भएको भए पनि कर्णाली चिसापानी आयोजनाको आधार क्षेत्रमा नै सो परियोजना रहने भएकाले क्षमता घटाएर कूल ४२५ मेगावाटमा झारिएको छ ।

नेपाली सीप, प्रविधि र लगानीमा निर्माण गर्न लागिएको सो आयोजनालाई सस्तो आयोजनाका रुपमा लिइन्छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनइए इञ्जिनियरिङ कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम गरिरहेको छ । आयोजनालाई नेपालकै नमूना परियोजनाका रुपमा विकास गर्ने तयारीका साथ काम शुरु गरिएको कोषले जनाएको छ । काम शुरु भएको ६ वर्षमा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुर्खेत र अछाममा पर्ने सो आयोजनाको सुरुङ ६.६ किलोमिटर मात्रै रहेको छ । आयोजनामा स्थानीय प्रभावित १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत लगानी रहनेछ ।

आयोजनाका लागि कोषले सञ्चयकर्ताले पाउने नाफा रकमको ०.७५ प्रतिशत रकम वेतन कर्णालीमा शेयरका रुपमा लगानी गरेको छ । अर्धजलाशययुक्त ढाँचाको सो आयोजना बनाउन रु ७० अर्ब लगानी लाग्ने कोषको अनुमान छ । आयोजनाबाट वार्षिक २०३७ गिगावाट बराबरको ऊर्जा उत्पादन हुनेछ । कोषले सञ्चयकर्ताबाटै स्वपूँजी जुटाउने तयारी गरेको छ । कोषले हालसम्म आयोजनाका लागि रु दुई अर्ब ८२ करोड रकम जम्मा गरिसकेको छ । कोषले गत वर्ष नै सो आयोजना बनाउनका लागि सञ्चयकर्ताबाट रु दुई अर्ब ८२ करोड जुटाइसकेको छ । सञ्चय कोषले गत आर्थिक वर्षमा गरेको नाफाको ८१ प्रतिशत रकम कम्पनीमा शेयरका रुपमा लगानी भएको छ ।

गत आवमा कोषले रु एक अर्ब ८९ करोड खुदनाफा गरेको थियो । गत आवमा रु तीन अर्ब नाफा गरेको कोषले जनाएको छ । हरेक वर्ष कोषको रकम र नाफामासमेत वृद्धि हुँदै गएकाले आयोजनाका लागि सहजै रकम जुट्ने विश्वास लिइएको छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरणलेसमेत लगानी गर्नेछ । आयोजनाका लागि आवश्यकपर्ने थप रकम स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट पनि रु ५० अर्ब ऋण लिइनेछ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग कोषले निरन्तर छलफलसमेत गरिरहेको छ । सञ्चयकर्ताको नाममा कम्पनीको शेयरमा नै उक्त रकम परिणत हुने निर्णय कोष सञ्चालक समितिले गरेपछि रकम जम्मा गर्न थालिएको हो ।

आर्थिक वर्ष २०७३÷७४ देखि हुँदै आएको कोषको नाफा रकमलाई आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरिएको छ । तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सो आयोजना कर्मचारी सञ्चय कोषलाई निर्माणका लागि जिम्मा दिएका थिए । आयोजनाको सुरुङ ६.६ किलोमिटर मात्रै हुनेछ । यस्तै आयोजना स्थल पुग्न १६ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने हुन्छ । यस्तै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पाँच किलोमिटर मात्रै प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । उत्पादित विद्युत् झुम्के सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी गाउँपालिका तथा अछामको ढकरी गाउँपालिका र तुर्मखाँद गाउँपालिका प्रभावित हुनेछ । सुर्खेतको चौकुने र अछामको ढकारी गाउँपालिकाको सिमानामा बग्ने कर्णाली नदीमा ८६ मिटर अग्लो बाँध बनाइनेछ ।

आयोजनाको बाँधका कारण कर्णाली नदीमा ५.४ किलोमिटर लामो ताल बन्ने र दुई हजार १५० लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । बाँधबाट करीब १३५ मिटर तल्लोतर्फ जमीनको सहतमा बनाइने विद्युत्गृहमा पेनस्टक पाइपबाट पानीलाई ६ टर्वाइनमा खसाली विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादनपश्चात् २०० मिटर लामो निकाशबाट पानी पुनःकर्णाली नदीमा नै खसालिनेछ ।