३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन
अ+ अ-

भीमदत्तनगर, १४ असोज (रासस)ः कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरका स्थानीय युवा आयुश विष्टको डिएनए रिपोर्ट आएको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक ओझाले तीनै जनाको रिपोर्ट मेल नखाएको बताउनुभयो । “हिजो काठमाडौँबाट प्राप्त भएको रिपोर्ट आज बिहान जिप्रकामै खोलेर हेर्दा नेगेटिभ देखियो,” उहाँले भन्नुभयो, “घटनाको सुक्ष्म अनुसन्धान तीव्र गतिमा हुदैछ ।”

गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी निर्मलाको साउन ११ गते शव भेटिएको थियो । यसअघि घटनाको मुख्य अभियुक्त बनाइएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण गरिएको थियो । विष्टको पनि रिपोर्ट मेल नखाएपछि उहाँलाई हिरासतमुक्त गरिएको थियो । भीमदत्तनगरमा आन्दोलनका क्रममा प्रहरी उपरीक्षक विष्टकै डिएनए परीक्षण गर्नुपर्ने माग उठेपछि केही समयअघि परीक्षणका लागि रगत लिइएको प्रहरीले जनाएको छ ।

“रिपोर्ट जस्तो आए पनि प्रहरीको अनुसन्धान चलिरहेकै छ,” ओझाले भन्नुभयो, “प्रहरीका धेरै टिम अनुसन्धानमा जुटेका छन् ।” कञ्चनपुरमा अहिले पनि विभिन्न महिला एवं दबाब समूहले निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।