२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा अत्याधुनिक बिद्यालय निर्माण, प्रतिनिधिशभा सदस्य आचार्य बाट उद्घाटन



अ+ अ-

१५असोज -रसुवा

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले आईतबार रसुवामा आयोजित एक कार्यक्रम वीच श्री सुर्योदय प्राथमिक बिधालय कालिका ४ धुसेनीको  नवनिर्मित भवनको उद्घाटन गर्नु भयो।

 क्यानेडियन नागरिकको १८ लाख रुपैयाँकोसहयोगमा निर्मित सो विध्यालय भवन निर्माणबाट त्यस भेगका सयौ विध्यार्थी लाभान्वित भएका छन्। उद्घाटन समारोहलाई सम्वोधन गर्दैप्रतिनिधि सभा सदस्य मोहन आचार्यले गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकालाई अनुरोध गर्नु भयो।

स्तरिय विध्यालय भबन निर्माण गरिदिएकोमा दाताहरुलाई रसुवाली नागरिकका तर्फबाट धन्यवाद दिदै सासंद आचार्यले मुलुकको समग्र विकासलागी शिक्षित नागरिक उत्पादन आबश्यक रहेको बताउनु भयो।

संमृघ्द रसुवा निर्माण अभियानमा आफु कृयाशिल रहेको बताउदै सासंद आचार्यले यसकालागी रसुवाली नागरिकको स्वास्थ्य, शिक्षा, सडक यातायात ,कृषि ,जलस्रोत र पर्यटन विकासलाई संग संगै अगाडी बढाईएको बताउनु भयो।रसुवा जिल्लाका सबै गाँऊलाई सडक संञ्जालमार्फत जोड्ने अभियान अन्तर्गत अहिले सडक निर्माणकार्य तिब्रगतिमा अगाडी बढीरहेको भन्दै उहाँले सडक निर्माणले  भुकम्प पिडित रसुवाली नागरिकहरुको घर पूननिर्माण लागत घटाउनुका साथै स्थानिय कृषि उत्पादनलाई बजार पहुँचमा सहयोग पुर्याएको बताउनु भयो।रसुवामा सडक निर्माणकालागी सासंद आचार्यले आफ्नै व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि जिल्लालाई उपलब्ध गराउनु भएको थियो।बाटो निर्माणकालागी स्काभेटर र डोजरलाई आबश्यक ईन्धनको व्यबस्था भने सम्बन्धित गाँऊ पालिकाले उपलब्ध गराउदै आएका छन्।