३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रधानमन्त्रीको कोस्टारिका भ्रमणको औचित्यबारे प्रश्न

प्रधानमन्त्रीको कोस्टारिका भ्रमणको औचित्यबारे प्रश्न
अ+ अ-

 

संयुक्त राष्ट्रसंघ महासभाको ७३ आैं अधिवेशनमा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्य अमेरिकी देश कोस्टारिकाको भ्रमणमा गएका छन्।

उनलाई जुहान सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा प्रथम उपप्रधान एवं विदेशमन्त्री इप्सी क्याम्पबेल बारले स्वागत गरेकी थिइन्। कोस्टारिका बसाइँका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्लाेस अल्भार्दाे कोयस्दासँग दुईपक्षीय भेटवार्ता गर्नेछन्।

त्यहाँ उनले युनिभर्सिटी फर पिसमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले सोमबार युनिभर्सिटी फर पिसमा भ्रमण गर्नेछन्। ओलीले सोमबार नै युनिभर्सिटी फर पिसको दक्षिण पश्चिममा रहेको रोड्रिगो कारागो क्याम्पसमा भ्रमण गर्ने छन्, जहाँ उनलाई मानार्थ विद्यावारिधिको सम्मान दिइने कार्यक्रम रहेको छ।

ओलीले नेपालमा शान्ति र प्रजातन्त्रका लागि पु¥याएको योगदान बापत उक्त सम्मान गर्न लागिएको युनिभर्सिटीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रीले युनिभर्सिटी फर पिसको चार्टडमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। चार्टडमा हस्ताक्षर गर्ने नेपाल ४१ औँ मुलुक हुनेछ।

नेपालसँग कूटनीतिक सम्बन्धबाहेक खासै अन्य गतिविधि नरहेको कोस्टारिकामा प्रधानमन्त्री ओलीको चार दिने भ्रमणलाई कूटनीतिक क्षेत्रका जानकारहरूले अनावश्यक भनेका छन्। पूर्व राजदूत जयराज आचार्य प्रधानमन्त्री ओलीले कोस्टारिका जानुपर्ने कारण के थियो भनेर प्रश्न गर्छन्। उनी मुलुकभित्रै जल्दोबल्दो परिस्थिति सिर्जना भइरहेका बेला त्यहाँ जानुको औचित्य पुष्टि गर्नुपर्ने बताउँछन्। ‘अहिले राज्य छ कि छैन भन्ने अवस्था छ, तर उहाँ त्यसलाई बेवास्ता गर्दै विदेश भ्रमणमा हुनुहुन्छ,’ आर्चायले भने। पहिले गृह व्यवस्थालाई राम्रो बनाएर मात्र परराष्ट्र सम्बन्धलाई जोड दिनुपर्ने आचार्यको तर्क छ।

उनी संयुक्त राष्ट्रसंघ महासभाको ७३ औ महाधिवेशनमा सहभागी हुन गत साता अमेरिका प्रस्थान गरेका थिए। महासभालाई असोज ११ गते सम्बोधन गरेका ओली कोस्टारिका जाने कार्यक्रम तय नभएको भए असोज १३ गते नै स्वदेश फर्किसक्थे तर कोस्टारिकाको भ्रमण तय भएसँगै उनले पाँच दिने भ्रमण तालिका थप गरेका हुन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा अपराधीलाई कारबाहीको दायरामा नल्याएको आरोपमा सरकार विरुद्ध सडक, सदन र पार्टी भित्रैसमेत विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले परिस्थितिलाई बेवास्ता गर्दै भ्रमण लम्ब्याएका हुन्।

कोस्टारिकामा उनको खासै महŒवपूर्ण कार्यक्रम नभए पनि उनी मुलुकको अवस्थालाई बेवास्ता गर्दै चार दिन लामो कोस्टारिका भ्रमण तय गरेको भन्दै उनको आलोचना भइरहेको छ। सरकारको काम कामकारबाहीबारे पार्टीभित्रैबाट आलोचना भइरहेको र पार्टी एकता विवादसमेत चुलिएका बेला ओली विदेश यात्रा लम्ब्याउँदै कोस्टारिका पुगेका हुन्।

ओलीले भने सरकारको कामकारबाहीका विषयमा पार्टी भित्रैबाट भएको आलोचनालाई समेत सामान्य रूपमा लिँदै आफू दुईचार दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन्। उनले आफ्नै पार्टीका नेताको भनाइलाई खण्डन गर्दै छिट्टै स्वदेश फर्किने र परिस्थिति सामान्य हुने भन्दै व्यंग्यसमेत गरेका छन्। प्रधानमन्त्री ओली भ्रमण सकेर असोज १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, विदेश सचिव शंकरदास बैरागीलगायत रहेका छन्।

(नागरिक न्युज डटकममा समाचार छ ।)