३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने
अ+ अ-

काठमाडौँ, १५ असोज (रासस) ः आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ ।

आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति तय गर्नुका साथै संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय खेलकूद विकास ऐन २०४८ बारे छलफल हुने सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष तथा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा बोर्ड बैठक ककनीस्थित स्काउट हलमा जारी रहेको राखेप स्रोतले जनाएको छ । बैठक मङ्गलबारसम्म चल्नेछ । बैठक स्रोतका अनुसार आठौँ राष्ट्रिय खेलकूदको मिति करीब दुई महिना पर सार्ने विषयमा छलफल केन्द्रित छ ।

एएफसी अध्यक्ष र एन्फाबीच छलफल

एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफा र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच आज नेपाली फुटबलको विकासका बारेमा छलफल भएको छ ।

तीन दिने नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफाले आज एन्फा पदाधिकारीसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा भेट गर्दै लामो समयदेखि अवरुद्ध लिग फुटबल सञ्चालन गरेको एन्फालाई धन्यवाद दिनुभएको प्रवक्ता किरण राईले राससलाई बताउनुभयो ।

एन्फा पुग्दा एएफसी अध्यक्षलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले स्वागत गरेका गर्नुभएको थियो । सो अवसरमा एन्फाले वर्तमान नेपाली फुटबलका चुनौती र आगामी दिनको कार्ययोजना प्रस्तुत गरेको थियो ।

सन् २०१३ को विशेष साधारणसभामा सलमान एएफसीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ विश्व फुटलब महासङ्घको सदस्य पनि हुनुहुन्छ ।