३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता’

‘पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता’
अ+ अ-

काठमाडौँ, १५ असोज –  अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा आयोजित पुनः निर्माण सम्बन्धी कार्यक्रममा भाग लिएर स्वदेश फर्कनु भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो ।

चुनौती र जटिलताबीच पुनः निर्माण र पुनः स्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घ, युरोपेली महासङ्घ र विश्व बैङ्कद्वारा संयुक्त रुमपा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनः निर्माण तथा पुनः स्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो ।

संविधानको व्यवस्थाअनुसार सम्भव भएसम्म स्थानीय तहबाटै पुनःनिर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको कार्यक्रममा उहाँले जानकारी गराउनु भएको थियो । पुनःनिर्माणका बाँकी काम सम्पन्न गर्न थप करीब रु छ खर्ब लाग्ने जनाइएको छ ।

आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग जुटाइने प्राधिकरणले जनाएको छ । विपद् पश्चात्को पुनःनिर्माण आकस्मिक हुने भएकाले तत्काल वित्तीय स्रोत परिचालन गर्न विपद् व्यवस्थापन कोष स्थापना गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइयो । कोषको रकम खर्च गर्न सहज र सरल प्रावधान राख्नुपर्ने सहभागीको धारणा थियो । कार्यक्रममा डोमिनिका र नाइजेरियाका मन्त्री, युरोपेली महासङ्घ, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९यूनएनडिपी० का विज्ञ लगायतले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना, साझेदारी, अर्थतन्त्रलगायतबारे आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
रासस