२ पुष २०८२, बुधबार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर थेरापी अनुसन्धानकर्ता एलिसन र होन्जुलार्इ नोबेल पुरस्कार



अ+ अ-

काठमाडौं- सन् २०१८ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक टासुकु होन्जुलार्इ प्रदान गरिने घोषणा गरिएको छ। 

उनीहरूलार्इ ‘क्यान्सर थेरापी’ को अनुसन्धानमा योगदान गरेको बताउँदै यस वर्षको नोबेल पुरस्कार दिने सोमबार घोषणा गरिएको हो।

नोबेल फाउन्डेसनले आफ्नो वेबसाइटमा लेखेको छ, ‘यस वर्षको नोबेल पुरस्कारले क्यान्सरविरुद्धको लडार्इंमा सहयोग पुर्‍याउनेछ।’

फाउन्डेसनले लेखेको छ, ‘इम्युन चेकपोइन्ट थेरापी क्यान्सरको उपचारमा क्रान्तिकारी उपचार पद्धती हो र यसले क्यान्सरलार्इ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउनेछ।’

जेम्स एलिसन अमेरिकी वैज्ञानिक हुन्। अमेरिकास्थित एमडी एन्डरसन क्यान्सर सेन्टर वर्कको इम्युनोलोजी डिपार्टमेन्टका अध्यक्षसमेत रहेका एलिसनले लामो समयदेखि सेता रक्तकोषले क्यान्सरविरुद्ध लड्न सक्ने विषयमा अनुसन्धान गरिरहेका थिए।

त्यसैगरी टासुकु होन्जु जापानी वैज्ञानिक हुन्। उनले  क्यान्सर हुनुमा प्रोटिनको भूमिकाको विषयमा अनुुुसन्धान गरेका थिए।

मंगलबार भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिनेछ भने बुधबार रसायन विज्ञान, शुक्रबार शान्तितर्फको पुरस्कारको घोषणा गरिने नोबेल फाउन्डेसनले जनाएको छ।

हरेक वर्ष पाँच विधा साहित्य, रसायन विज्ञान, भौतिक शास्त्र, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा क्षेत्रमा योगदान गरेवापत प्रदान गरिँदै आएको छ।

सन् १८९५ मा स्विडेन निवासी रसायनविज्ञ तथा इन्जिनियर अल्फ्रेड बेर्नार्ड नोबेलको नाममा नोबेल फाउन्डेसन स्थापना गरी यो पुरस्कार प्रदाथ गरिँदै आएको छ।