४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी भन्दै लुटेर फरार पक्राउ



अ+ अ-

काठमाडौँ, १५ असोज (रासस) ः महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले आज काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ ।