३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पथप्रदर्शकलाई संवेदनशील हुन पर्यटनमन्त्रीको आग्रह

पथप्रदर्शकलाई संवेदनशील हुन पर्यटनमन्त्रीको आग्रह
अ+ अ-

टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) को चौथो राष्ट्रिय सम्मेलन पथप्रदर्शक (टुरिस्ट गाइड) को पारिश्रमिक कार्यान्वयन हुनुपर्नेलगायत पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा सार्वजनिक सुरक्षाका लागि कम्तीमा पचास लाख रुपैयाँको टुरिष्ट गाइड कल्याणकारी कोष स्थापना गर्नुपर्ने, टुरिष्ट गाइडको व्यक्तिगत दुर्घटना बीमा सम्बन्धीत कम्पनीले व्यहोर्ने गरी अनिवार्य व्यवस्था गर्नुपर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन टुरिष्ट गाइडको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा विदेशी तथा स्वदेशी अवैध टुरिष्ट गाइडलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, आवश्यकताभन्दा बढी सङ्ख्यामा टुरिष्ट गाइड उत्पादन गरी अस्वस्थ प्रतिस्पर्धा गराउने कार्यमा रोक लगाउनुपर्ने आग्रह सम्मेलनले गरिएको बताइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले टुरिस्ट गाइड देशको अवैतनिक राजदूतका रुपमा रहेको बताउँदै पेशाप्रति संवेदनशील भएर प्रस्तुत हुनुपर्ने खाँचो औँल्याए ।

सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि टुरिष्ट गाइडको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले यसका लागि टुरिष्ट गाइडले सकारात्मक सन्देश प्रभाव गर्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि टुरिष्ट गाइडको भूमिका महत्वपूर्ण रहेको बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रको विकास र विसतारका लागि लागि सबै पर्यटन व्यवसायी एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोर्ड सदस्य महतलाई टुर्गान मानार्थ सदस्यता प्रदान गरिएको थियो भने पूर्वअध्यक्षद्वय विष्णु ज्ञवाली, हरेराम बराल, पर्यटक प्रहरी निरीक्षक रुपा थापा, पर्यटन व्यवसायी सिर्जन सिम्खडालाई सम्मान गरिएको थियो ।