१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई मधेशमा थारु समुदायको जितिया पर्व धुमधामका साथ मनाइँदै



अ+ अ-

आज असोज कृष्णपक्षको अष्ठमी तिथि । थारु समुदायको मुख्य पर्व जितियाको मुख्य दिन पनि । आज तराई मधेशमा धुमधामका साथ यो पर्व मनाइँदैछ ।

विवाहित हिन्दू नारीले आफ्ना पति तथा सन्तानको दिर्घायूको कामना गरी यो पर्व मनाउने प्रचलन छ । जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइने गरिन्छ ।

सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ । नहाय खाने दिन वर्तालु महिलाहरुले स्थानीय जलाशयमा गएर स्नान गरी घिरौंलाको पातमा पिना, तेल र सिन्दुर चढाएर पुजा गर्ने चलन छ । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा ब्रतालु महिलाहरुले माछा तथा मरुवाको रोटी खाने प्रचलन छ । पर्वको दोस्रो तथा मुख्य दिन अर्थात अष्टमी तिथिका दिन ब्रतधारी महिलाहरु २४ घण्टाको लामो निराहार उपवास बस्ने गर्दछन् ।

उपवासका दिन ब्रतधारी महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवन गर्ने तथा गीत भजन गाउने चलन पनि छ । यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । यो पर्व खासगरी तराईका थारु समुदायले महान पर्वको रुपमा मनाउँछन् ।

पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा च्युरा, दही तथा सखरको प्रसाद बनाई अर्ध दिएर पर्वको समापन गर्ने गरिन्छ । जितिया पर्वको उपलक्ष्यमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन् ।