२ पुष २०८२, बुधबार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई मधेशमा थारु समुदायको जितिया पर्व धुमधामका साथ मनाइँदै



अ+ अ-

आज असोज कृष्णपक्षको अष्ठमी तिथि । थारु समुदायको मुख्य पर्व जितियाको मुख्य दिन पनि । आज तराई मधेशमा धुमधामका साथ यो पर्व मनाइँदैछ ।

विवाहित हिन्दू नारीले आफ्ना पति तथा सन्तानको दिर्घायूको कामना गरी यो पर्व मनाउने प्रचलन छ । जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइने गरिन्छ ।

सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ । नहाय खाने दिन वर्तालु महिलाहरुले स्थानीय जलाशयमा गएर स्नान गरी घिरौंलाको पातमा पिना, तेल र सिन्दुर चढाएर पुजा गर्ने चलन छ । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा ब्रतालु महिलाहरुले माछा तथा मरुवाको रोटी खाने प्रचलन छ । पर्वको दोस्रो तथा मुख्य दिन अर्थात अष्टमी तिथिका दिन ब्रतधारी महिलाहरु २४ घण्टाको लामो निराहार उपवास बस्ने गर्दछन् ।

उपवासका दिन ब्रतधारी महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवन गर्ने तथा गीत भजन गाउने चलन पनि छ । यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । यो पर्व खासगरी तराईका थारु समुदायले महान पर्वको रुपमा मनाउँछन् ।

पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा च्युरा, दही तथा सखरको प्रसाद बनाई अर्ध दिएर पर्वको समापन गर्ने गरिन्छ । जितिया पर्वको उपलक्ष्यमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन् ।