३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तनहुँ जलविद्युतको ठेक्का सम्झौता

तनहुँ जलविद्युतको ठेक्का सम्झौता
अ+ अ-

१४० मेगावाट जडित क्षमता भएको तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौता भएको छ । आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता भएको हो । आयोजना आगामी पाँच बर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरिएको छ ।

पहिलो प्याकेज (पानी फर्काउने, बाँध निर्माणलगायत काम) तथा दोस्रो प्याकेज (सुरुङ, विद्युतगृह निर्माण, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडान) निर्माण गर्न क्रमशः इटलीको सिएमसी दि राभेना सोसाइट को–अपरेटिभ र चीनको सिनो हाइड्रो कर्पोरेशनबीच सम्झौता भएको हो । पहिलो प्याकेजको सम्झौता तनहुँ हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र इटालियन कम्पनी सिएमसीका तर्फबाट सालभाटोरे कसियारोले हस्ताक्षर गरे ।

सिएमसीसँग २० अर्ब ४६ करोड ५२ लाख (मूल्य अभिवृद्धी करसहित) रुपैयाँमा सम्झौता भएको छ । यस्तै, दोस्रो प्याकेजअन्तर्गत न्यूनतम लागत प्रस्ताव गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनसँग सम्झौता गरिएको छ । सम्झौतामा कम्पनीका तर्फबाट थिके र सिनो हाइड्रोका छेङ सोएस्याङले हस्ताक्षर गरेका छन् । दोस्रो प्याकेजका लागि ३ अर्ब ८३ करोड १४ लाख ११ करोड ४१ लाख ८९ हजार (मूल्य अभिवृद्धि करबाहेक) रुपैयाँमा सम्झौता भएको छ ।

सम्झौता अनुसार दुवै प्याकेजअन्तर्गतको संरचना निर्माणको काम ठेकेदार कम्पनीले २०८० मंसिरभित्र पूरा गर्नुपर्ने तालिका निर्धारण गरिएको छ । दुवै ठेकेदारलाई तनहुँ हाइड्रोले गत साउन ८ गते २८ दिनभित्र परफर्मेन्स ग्यारेन्टी बुझाउन पत्राचार गरेको थियो । सिनो हाइड्रोले तोकेको समयभित्रै बुझाए पनि इटलियन कम्पनीले एक महिना ढिलो गरेको थियो ।

सम्झौता भएको २ महिनाभित्र काम सुरु गर्न आदेश दिएको थिकेले बताए । काम गर्न आदेश दिएको दिनदेखि ठेकेदारको ठेक्का अवधि वा निर्माण पूरा गर्न समय सुरु हुनेछ । दुवै ठेकेदारले ५ वर्ष २ महिनाभित्र तोकिएको काम पूरा गर्नुपर्नेछ ।

आयोजनाका लागि हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँ दरमा पिपिए भएको छ । आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ । टेक अर पे (लिऊ या तिर) प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवद्धिको व्यवस्था गरिएको छ ।

आयोजनाको विद्युत उत्पादन गर्ने मिति (आरसिओडी) २०८० चैत मसान्त तोकिएको छ । आयोजनाबाट उत्पादित विद्युत ३५ किलोमिटर टाढा २२० केभीको न्यू–भरतपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याजसहित ) अनुमान गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी) ले १५ करोड अमेरिकी डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी गर्नेछ ।