३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

संसदको राज्य व्यवस्था समितिमा तेस्रो पटक पनि पत्रकारलाई रोक, सभापति श्रेष्ठ निरंकुश बन्दै गएको आरोप

संसदको राज्य व्यवस्था समितिमा तेस्रो पटक पनि पत्रकारलाई रोक, सभापति श्रेष्ठ निरंकुश बन्दै गएको आरोप
अ+ अ-

संसदको राज्य व्यवस्था समितिमा भएको छलफलका क्रममा समाचार संकलनमा पुनः रोक लागेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाका आर्थिक एवं प्रशासनिक गतिविधि बुझ्न कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, रक्षासचिव बिष्णु लम्साल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत उच्च अधिकारीलाई आज समितिले बैठकमा बोलाएको थियो ।
तर रिपोर्टिङमा पुगेका पत्रकारलाई भने रोक लगाइएको छ । त्यहाँ पुगेका पत्रकारलाइ बैठक कक्षमा प्रवेश गर्न दिएन । सो समितिका सभापति शशी श्रेष्ठले संवेदनशील विषयमा छलफल हुने भएकाले पत्रकारलाइ बाहिरै बस्न आदेश दिएकी थिइन् । श्रेष्ठ सभापति भए यता समिति बैठकमा संचारकर्मीलाई रोक लगाएको यो तेस्रो पटक हो । त्यसैले सभापति श्रेष्ठ निरंकुश बन्दै गएको आरोप पत्रकारहरुले लगाएका छन् ।
यसअघि सोमबार गृह मन्त्रालयसम्बन्धी छलफलमा समेत पत्रकारलाई प्रवेश दिइएको थिएन । संसदका सबै समितिमा पत्रकारलाइ पदेन सदस्य सरह निर्वाध प्रवेश दिने प्रचलन छ । सार्वजनीक लेखा र राज्य व्यवस्था समितिको विगत त झन यस मामिलामा सबै भन्दा उदार मानिन्थ्यो ।