३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पाकिस्तानी सरसामानको मेला

पाकिस्तानी सरसामानको मेला
अ+ अ-

काठमाडौँ, १७ असोज  ः पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन ।

पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरेको उक्त प्रदर्शनीको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री सङ्गठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत जावेदले भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको बताउनुभयो । अध्यक्ष राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा प्रगाढ बनेको चर्चा गर्दै यसलाई यस्ता व्यापार मेलाले अझ मजबुत बनाउने बताउनुभयो ।

मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा बिक्री हुने वाणिज्य सङ्घका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले बताउनुभयो । मेला यही असोज २३ गतेसम्म जारी रहने छ ।