३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

म्यानमारविरुद्व नेपालको जीत, ३ ओभरमा लक्ष्य पूरा

म्यानमारविरुद्व नेपालको जीत, ३ ओभरमा   लक्ष्य पूरा
अ+ अ-

काठमाडौँ, १७ असोज – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया रिजनल क्वालिफायर बीमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । मलेसियामा बुधवार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको हो  । ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमा भेट्टाएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन जोड्दा अलआउट भएको थियो ।नेपाललाई विजयी लक्ष्यसम्म डोर्होयाउने क्रममा करण केसीले अविजित १४, अनिल साहले ११ तथा विनोद भण्डारीले १ रन जोडे । प्रदीप ऐरी गोल्डेन डक आउट भए ।

ललितसिंह भण्डारी र करण केसीको पहिलो दुई ओभरमा १ र १ विकेट गुमाएर पनि सम्हालिएको म्यानमारको पारी स्पिनरले मोर्चा सम्हालेपछि तहसनहस भयो ।

२३ बाट थप ६ रन जोड्ने क्रममा म्यानमारले बाँकी ८ विकेट गुमायो । यसक्रममा सन्दीप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । एक ब्याट्सम्यान रन आउट भए ।

२ ओभर बलिङ गरेका लामिछाने र ३ ओभर बलि ङ गरेका राजवंशीले समान ३ रन खर्चिए । म्यानमारका लागि हेट लिन औङले सर्वाधिक १६ रन जोडे ।दोस्रो खेलमा नेपालले आगामी शनिवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल, म्यानमार र मलेसियाका अलावा थाइल्याण्ड, चीन र भुटान सहभागी छन् ।