२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ मसान्तसम्म एक खर्ब २० अर्ब राजस्व संकलन



अ+ अ-

आन्तरिक ऋण उठाउन सरकारले सरकारले अबदेखि क्यालेन्डर बनाउने भएको छ । कुन समयमा कुन क्षेत्रबाट कति आन्तरिक ऋण उठाउने भन्ने योजना क्यालेण्डरमा समेटिने छ ।
गत वर्ष साउन महिनामै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले यो वर्ष अहिलेसम्म यस्तो ऋण उठाएको छैन । सरकारले बजेटमा रहेको न्यून बजेट पूर्तिका लागि आन्तरिक ऋण बाट नगद जम्मा गर्ने गर्दछ ।

यस वर्ष राजस्व सरकारी खर्च भन्दा बढी उठेकाले सरकारले अहिले सम्म आन्तरिक ऋण उठाएको छैन। गत वर्ष स्थानीय तहलाई रकम उपलब्ध गराउन परेकाले खर्च व्यवस्थापनका लागि मात्रै पनि आयस्रोतले नधानेपछि आन्तरिक ऋण उठाएको थियो ।

यस वर्षको भदौ मसान्तसम्म सरकारले एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको छ ।

तरपनि सरकारले अब देखि कुन कुन शिर्षकमा आन्तरिक ऋण उठाउने भन्ने विषयमा क्यालेण्डर बनाउन लागेको हो ।