३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र खुल्दै

ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र खुल्दै
अ+ अ-

चौतारा, १८ असोज (रासस) : सामुदायिक वनको जननीका रुपमा परिचित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ठोकर्पामा सामुदायिक वन सम्बन्धी अध्ययन केन्द्रको निर्माणको थालनी शुरु भएको छ ।

सामुदायिक वन सम्बन्धमा अध्ययन अनुसन्धान गर्न शुरु भएको योजना तथा विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेकाले अध्ययन केन्द्रको निर्माण कार्य थालनी शुरु भएको हो । अध्ययन केन्द्र निर्माणका लागि साविक ठोकर्पा गाविस हाल सुनकोशी गापा–१ को ठोकर्पास्थित रतुवापाटी वाजथलो सामुदायिक वनको ४० रोपनी जग्गा उपलब्ध भएको छ । गत आर्थिक वर्षमा विनियोजित रु ३० लाख बजेटबाट तारबार लगाउने काम सकिएको छ ।

ठोकर्पाको सामुदायिक वन विश्वकै पहिलो अवधारणको रूपमा रहेको छ । नेपाल सरकारले २०७४ पुस २१ गते मन्त्रीस्तरको निर्णयबाट ठोकर्पामा सामुदायिक वन अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउने निर्णय गरेको थियो । तर पछि अन्तर्राष्ट्रिय शब्दलाई हटाएर सामुदायिक वन अध्ययन केन्द्र नेपाल नामकरण गरिएको छ ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार कूल रु ३९ करोड ७० लाख बजेट लगानी हुनेछ । दुई हेक्टर जमीनमा निर्माण गरिने अध्ययन केन्द्रमा प्रशासनिक भवन, सभा भवन, पुस्तकालय, चमेनागृह, छात्रावास भवन, कर्मचारी आवासगृह, तालीम भवन, भण्डारगृह, पार्किङस्थललगायत १५ भवन निर्माण गरिनेछ ।

क्त केन्द्रमा अन्तर्राष्ट्रियस्तरका अध्ययनकर्ता, विश्व विद्यालय, महाविद्यालयका छात्रछात्रा, वैज्ञानिक तथा सामान्य अवलोकनकर्ता सबैका लागि सेवा सुविधा उपलव्ध हुनेछ । कूल बजेटमध्ये चौतारास्थित पातलेपानीमा तालीम भवनको लागि रु दुई करोड छुट्याइएको छ । सो तालीम केन्द्रमा विगत चार दशकदेखि वनसम्बन्धी तालीम सञ्चालन हँुदै आएको छ । त्यसका साथै जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बाँसखर्कमा पनि एक तालीम भवन र काठमाडौँमा सम्पर्क कार्यालय खोल्ने योजना रहेको छ । तर ती दुवै स्थानमा बनाइने भवनका लागि बजेट समावेश नभएको सिन्धुपाल्चोकका डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत राजु क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अरनिको राजमार्गस्थित सुकुटेमा सम्पर्क कार्यालयको समेत स्थापना भइरहेको छ ।

अध्ययन केन्द्रको दैनिक प्रशासनिक काम सञ्चालन गर्न सङ्घीय सरकारबाट उपसचिवसहित १४ कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइरहेको वन विभागको सामुदायिक वन हेर्ने उपसचिव प्रकाश लम्सालले जानकारी दिनुभयो । अध्ययन केन्द्रको लागि चालु आव ०७२÷७६ मा केन्द्रमार्फत खर्च गर्ने गरी रु ८० लाख बजेट विनियोजन भएको छ । सो बजेट जिल्लाको वन डिभिजन कार्यालयको समन्वयमा खर्च गरिने हुँदा प्राथमिकताका आधारमा कार्यसूची तयार भएर आएपछि मात्र काम अगाडि बढाइने उपसचिव लम्सालले बताउनुभयो ।

“सामुदायिक वन शुरु गरेको लामो समयपछि आफ्नै गाउँमा अध्ययन केन्द्र बनाइनु गौरवको कुरा हो, वडाध्यक्ष नेत्र कार्कीले भन्नुभयो, “वन विषयमा अध्ययन गर्ने सबैले यहाँबाट ज्ञान हासिल गर्ने सक्षम हुनेछन् ।”

ठोकर्पाका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा विसं २०३० मा आठ कोश टाढा रहेको चौताराको पातलेपानी वन नर्सरीबाट गाउँलेले डोकोमा बिरुवा बोकेर नाङ्गो पाखामा वृक्षरोपण गरेका थिए । फागुन चैत महीनामा रोपिएका ती बिरुवा जोगाउन गाउँलेले नै तीन किलोमिटर टाढादेखि गाग्री र टीनमा पानी बोकेर सिँचित गरी हुर्काउनुका साथै संरक्षणसमेत गरेका थिए ।

तत्कालीन सरकारले विसं २०३० साउन २५ गते त्यहाँको वन संरक्षण गर्ने जिम्मेवारी परीक्षणको रूपमा २१ वर्षको लागि तत्कालीन ठोकर्पा गाउँ पञ्चायतलाई प्रदान गरेको थियो । नेपाल सरकारले विसं २०७३ जेठ १८ को निर्णयअनुसार सामुदायिक वन विकास कार्यक्रमको जन्मस्थल वा उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पा र यसका अभियान्ता समाजसेवी एवं तत्कालीन प्रधानपञ्च भण्डारी र चौतारा वन डिभिजन कार्यालयका तत्कालीन प्रमुख वनविज्ञ डा तेजबहादुर सिंहमहल भएको भनी प्रमाणसहित मान्यता दिएको छ । यसै सन्दर्भमा नेपाल सरकार विसं २०७३ साउन २५ देखि प्रत्येक वर्षको साउन २५ गतेका दिन सामुदायिक राष्ट्रिय महोत्सव मनाउने घोषणा गरेको छ ।

“आफ्नो अथक प्रयासको फलस्वरुप नेपाल सरकारले लामो समयपछि सम्मान गरेकामा खुशी व्यक्त गर्दै भण्डारीले आफ्नै गाउँमा अध्ययन केन्द्र खोलिनु गौरवको कुरा भएको बताउनुभयो ।” जिल्लामा हाल ५२७ सामुदायिक वन समूह गठन भई ३० हजार नौ दशमलव ४९ हेक्टर वन क्षेत्र ओगटेको छ । त्यसैगरी देशभरि कूल २२ हजार २४४ सामुदायिक वन उपभोक्ता समूह गठन भएका छन् ।