४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौं महाधिवेशनमा केपी ओलीलाई सर्वसम्मत अध्यक्ष हामी बनाउने छौँः निरु पाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी नेतृ निरु पालले केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्ष बन्ने बताएकी छन् । 

बुधबार युवा संघको साइबर सर्कल घोषणा कार्यक्रमलाई संबोधन गर्दै नेत्री पालले दशौं महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न कसैले नरोक्ने बताइन् । 

‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्षमा अन्य कुनै नेताले उम्मेदवारी दिनेछैनन् । यदि भुलबस उम्मेदवारी दिएका नेता कमरेडहरुले ओलीलाई सर्वसम्मत अध्यक्ष भनेर छोड्नुहुनेछ । उनले भनिन्, ‘आजको आवश्यकता आम जनताको, युवाको, महिलाको, श्रमजीविको चाहना एमालेको नेतृत्व केपी शर्मा ओलीले गरुन् भन्ने छ । तसर्थ आगामी महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष हामी बनाउने छौँ ।