३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम
अ+ अ-

दमौली, १७ असोज (रासस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताउनुभएको छ ।

आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताउनुभयो । “सरकार गठन भएको सात महीना मात्रै भएको छ, पुराना अवशेष हटाउन बाँकी नै छ, नयाँ किसिमले जानको निमित्त केही समय चाहिन्छ, पैसा जुटाउनुप¥यो, यी सबै काम गर्दै जान केही समय लागेको हो,” उहाँले भन्नुभयो ।

चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उहाँले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताउनुभयो । “पाँच वर्षभित्र परिणाम खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो घोषणालाई अहिल्यै कसैले खोज्न थाल्यो भने असम्भव छ, त्यो कुरा बुझ्न नचाहनेले अलि बढी प्रचार गरेका छन् ।”

जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उहाँले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताउनुभयो । “यो प्रतिपक्षीको अधिकारको कुरा हो, यसमा हाम्रो भन्नु केही छैन,” उहाँले भन्नुभयो ।

सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उहाँले यी सबै कुरा विस्तारै हट्दै जाने समेत बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिका विषयमा बोल्दै उहाँले यो घर भित्रको सामान्य कुरा मात्रै भएको बताउनुभयो ।

केही दिनअघि सरकारको विरोध गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपालले दिनुभएको सम्बोधनप्रति गौतमले भन्नुभयो, “आफू अनुपस्थित भएको बेलामा सचिवालयले ठूला–ठूला निर्णय ग¥यो भन्ने मात्रै गुनासो माधव नेपालले गर्नुभएको हो ।”

पार्टी विधानअनुसार अध्यक्ष र महासचिव अनुपस्थित भए मात्रै निर्णय हुन नसक्ने तर अरूको अनुपस्थितिले निर्णय प्रक्रियामा कुनै असर नगर्ने गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “म नभएको बेलामा पनि धेरै निर्णय भएका छन् । यो त सामान्य विषय मात्रै हो ।”

गौतमले जिल्लास्तरमा पार्टी एकीकरणको प्रक्रिया शुरु भइसकेको भन्दै दुई÷तीन महीनाभित्रै काम सकिने जानकारी दिनुभयो । दश दिनअघि सचिवालयले एकीकरणका सन्दर्भमा निर्णय गरिसकेको र विभिन्न ठाउँमा बैठक बसेर एकीकरण टुङ्ग्याउने काम भइरहेको उहाँले बताउनुभयो ।

गौतमले अहिले दैनिकजसो बलात्कारका घटना घटिरहेको प्रति चिन्ता व्यक्त गर्दै अपराधीमाथि अलि कडा कारवाही प्रारम्भ गर्न नपाउँदा पनि केही समस्या सिर्जना भएको समेत बताउनुभयो ।