२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र नेपाल अाज स्वदेश फर्किंदै



अ+ अ-

१८ असोज,काठमाडौं । पार्टी र सरकार सञ्चालनका सन्दर्भमा नेकपाभित्र शीर्ष नेता तहबाटै असन्तुष्टि प्रकट भइरहेका बेला अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएपछि छलफल हुने भएको छ । असन्तुष्ट नेता माधवकुमार नेपाल पनि आजै साँझ चीनबाट स्वदेश फर्किदैछन् ।

सबै नेताहरु फर्किसकेपछि सचिवालय बैठकमा समीक्षा हुने र त्यसपछि दशैंअघि नै स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकको लागि महासचिव बिष्णु पौडेलले गृहकार्य गरिरहेका छन् । दुवै अध्यक्षसँग परामर्शपछि बैठकको मिति तोकिने स्रोतको दावी छ ।

सचिवालय बैकले प्रदेश पदाधिकारी चयन गरेकोमा नेकपामा अशन्तुष्टि छ । प्रदेश कमिटी गठनको प्रस्ताव स्थायी कमिटी बैठकमा लगेरमात्र पारित हुनुपर्ने नेताहरुले बताएका छन् ।

बरिष्ठ नेता नेपालले सो निर्णय अस्वीकार गर्दै स्थायी कमिटी सदस्यहरुको अनौपचारिक भेला समेत गरेका थिए । स्रोतका अनुसार स्थायी कमिटी बैठकबाट सचिवालय बैठकको निर्णय तथा परिपत्र अनुमोदन गरिनेछ ।

प्रदेशभन्दा तल्ला कमिटीको एकीकरणका लागि थप मापदण्ड पनि स्थायी कमिटी बैठकबाटै पारित गरिने भएको छ । तर, त्यसअघि सचिविालय बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

बरिष्ठ नेता नेपालले संसदबाट सरकारविरुद्ध अभिव्यक्ति दिएकोमा संस्थापन पक्षले बैठकको एजेण्डा बनाउने तयारी गरेको छ ।

 

 




भर्खरै