१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र एकताको खाँचो ः महामन्त्री डा कोइराला



अ+ अ-

काठमाडौँ, १८ असोज (रासस) ः नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताउनुभएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उहाँले भन्नुभयो, “काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्दैन ।”

“इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय हुन्छ,” उहाँले प्रश्न गर्नुभयो ।

महामन्त्री डा. कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्दै महामानव विपी कोइरालाको हातबाट लेखिएको पार्टीको विधान संविधानअनुसार परिवर्तन हुन लागेको जानकारी दिनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई बलियो बनाए पार्टीभित्र निरंकुशता हावी हुने उल्लेख गर्दै “सभापतिलाई बलियो बनाउने कुरा स्वीकार्य हुन सक्दैन, ”, भन्नुभयो ।

नेता डा कोइरालाले दुई तिहाइको सरकार संविधानको भावना र मर्मलाई बुझेर अगाडि नबढेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस नेता एवं सांसद भीमसेनदास प्रधानले पार्टी बलियो बनाउन काङ्ग्रेसभित्र वृहद एकताको खाँचो रहेको उल्लेख गर्दै राजनीतिक मुद्दामा काङ्ग्रेसले जितेपनि निर्वाचनमा पराजय भोगेको धारणा व्यक्त गर्नुभयो ।

प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका अध्यक्ष उद्धव सिग्देल, उपाध्यक्ष सिर्जना श्रेष्ठ, रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष सुनिलकुमार पौडेल, सङ्घका पूर्वअध्यक्ष बासुदेव घिमिरे, महासचिव राजेन्द्र गौतम, प्रा डा जीवराज पोखरेललगायतले पार्टीले बुद्धिजीवीका विचारलाई लिएर अगाडि बढेमात्र सफल हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा महामन्त्री कोइरालाले क्याम्पसबाट हरेक वर्ष प्रकाशित हुने जर्नल ‘लोकदृष्टि’को विमोचन गर्नुभएको थियो । सोही अवसरमा महामन्त्री कोइराला, सांसद प्रधान र प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष पौडेललाई सम्मान पनि गरिएको थियो ।