२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंस्थित मुलपानीको ‘जुवा घरमा’ प्रहरीको अपरेशन, हामफाल्दा दुईको मृत्यु



अ+ अ-

चाडबाड शुरु भएसँगै लुकीछिपी जुवा तास खेल्ने क्रम बढेको छ । यो क्रमसँगै प्रहरीले पनि आफ्नो गस्तीलाई व्यवस्थित र बाक्लो पनि बनाएको छ ।

गएराति काठमाडौंको मुलपानीमा प्रहरीले गोप्य सूचनाको आधारमा एक जुवा घरमा अपरेशन गरेको छ । प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा हामफाल्ने क्रममा दुई जना जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सानुलाल तामाङ र सरोज घले छन् ।

जुवा खेलाइरहेको घरमा पुग्ने वित्तिकै भागाभाग भएको र भाग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा टोली खटिएको थियो ।

प्रहरी घरमा पस्नेबित्तिकै २ जना हामफालेको थाहा पाउनेबित्तिकै प्रहरीले भ्यानमा राखेर ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारका लागि लगिएको थियो तर उनिहरुको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।