३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनधिकृत कारोबार नगर्न अनुरोध’



अ+ अ-

काठमाडाँै, २० असोज (रासस) ः क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेशियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको भन्दै अवैधानिक व्यक्तिसँग कारोबार नगर्न अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अनुमति कसैलाई पनि नदिएको प्रष्ट पारेको छ । नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेशिया बस्ने फुपु तेम्बा शेर्पाले अवैधानिक रुपमा बसोवास गर्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाइदिने भन्दै ठगी गर्दै आएको दूतावासले जनाएको छ । दूतावासले निज शेर्पाविरुद्ध नेपाल तथा मलेशियाका सम्बन्धित निकायमा आवश्यक अनुसन्धान र कारवाहीका लागि पत्राचारसमेत गरेको छ ।

अनधिकृत लेनदेनका कारण ठगीलगायत अन्य अपराधमा परी उजुरी गर्र्नुपर्ने भएमा मलेशियाको प्रहरी र अदालत तथा नेपाल प्रहरी र अदालतमा पीडित आफैँले उजुरी गर्नसक्ने दूतावासले जनाएको छ ।

दूतावासले प्रवेशाज्ञाको म्याद सकिएर वा अन्य कारणले अवैधानिक रुपमा बसोवास गरिरहेका नेपालीलाई वैधानिक बाटोबाट तत्काल नेपाल फर्कनसमेत आग्रह गरेको छ । वैधानिक रुपमा नेपाल फर्कन मलेशिया सरकारले बेलाबेलामा घोषणा गर्ने आममाफीको कार्यक्रमबाट फाइदा लिन सकिने दोहो¥याउँदै दूतावासले तत्कालका लागि आममाफीको व्यवस्था नभएको सन्दर्भमा मलेशियाको अध्यागमन कार्यालयमा तोकिएको दण्ड जरिवाना तिरी वैधानिक रुपमा नेपाल फर्कन सक्ने जनाएको छ ।

दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्नसमेत अपिल गरेको छ । रोजगारदाताप्रति कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।