२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ को नतिजा सार्वजनिक



अ+ अ-

काठमाडाैंः  राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कूल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थीको सहभागिता रहेका थिए ।

परीक्षामा ग्रेड ए प्लस अर्थात् जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार १४५ विद्यार्थी छन् । ग्रेड ए अर्थात् जिपिए तीन देखि ३.६० ल्याउने आठ हजार ९४९, ग्रेड बि प्लस अर्थात् जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार ११५ विद्यार्थी, ग्रेड बि अर्थात् जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७३१ रहेका छन् ।

त्यसैगरी ग्रेड सि अर्थात् जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार ७७०, ग्रेड सि अर्थात् जिपिए १.६१ देखि दुई ल्याउने ९२ हजार ग्रेड डि प्लस अर्थात् जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४०६, ग्रेड डि अर्थात् जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार १२७ र ग्रेड ई अर्थात् जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अक्षरांकन पद्धतिको आंशिकतर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डले नियमिततर्फ १०० विद्यार्थी, अक्षराङ्कन पद्धतितर्फ २७ आंशिकतर्फको परीक्षा रद्द गरेको र अङ्क प्रणालीतर्फ चार जना गरी कूल १३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ । गत जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा तीन महीना अगाडि नै नतिजा सार्वजनिक गरेको हो ।