१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

करदाताले तिरेको रकम करदाताकै समृद्धिमा खर्च गर्ने नीति अनुरुप कोष बनाइएको हो — प्रमुख शाक्य



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । 

आर्थिक बर्ष ०७५/०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । त्यो बर्ष कोविडका कारण होटल व्यवसाय समस्या थियो । यसकारण महानगरले आर्थिक ऐनमार्फत उनीहरुलाई ६५ कर छुट दिएको थियो । बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । 

कोष सञ्चालनका लागि काठमाडौँ महानगरका प्रमुखको अध्यक्षतामा महानगरकातर्फबाट ५ जना र होटल संघ, नेपालका ४ जना गरी ९ जनाको निर्देशक समिति हुनेछ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ । 

कोषबाट पर्यटन क्षेत्रको प्रवर्धन हुने र व्यवसायीको सामुहिक हित हुने कार्यक्रम सञ्चालन गरिनेछन् । बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरुप कोष बनाएका हौँ । यसबाट करको दायरामा आउन बाँकी करदाताहरु पनि दायरामा आउनुहुन्छ र साझा हितको काममा लाग्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७ औं महानगर दिवस मुल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु हुनुहुन्छ । त्यस्तै पुरस्कार छनौट र अन्य कार्यक्रमका लागि क्षेत्रगत उपसमितिहरु समेत गठन गरिएका छन् ।  

बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र नेपाल, र मस्तिष्क पक्षघात स्वाबलम्बन समूह नेपाल गरी ४ वटा संस्थाहरुलाई आर्थिक अनुदान गर्ने दिने निर्णय स्वीकृत गरेको छ ।