२ पुष २०८२, बुधबार
,
Latest
जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी शीर्ष नेताले गरे मतदान, ई–भोटिङमा समय लाग्दा प्रतिनिधि लामबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएसपी राई घुससहित पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । यद्यपि, कति रकमसहित पक्राउ गरिएको हो भन्ने बारेमा विवरण आइनसकेको उनले बताए ।

उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर अातंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको अाडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।

प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । अन्ततः उनी अख्तियारको फन्दामा परेका छन् ।