३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चन्द्रागिरि हिल्स् भारतमा पनि लोकप्रिय, उत्कृष्ट गन्तव्यको अन्तर्राष्ट्रिय पुरस्कार

चन्द्रागिरि हिल्स् भारतमा पनि लोकप्रिय,  उत्कृष्ट गन्तव्यको अन्तर्राष्ट्रिय पुरस्कार
अ+ अ-

 

काठमाडौं, २० असोज (रासस) ः नेपालको चन्द्रागिरि हिल्स प्रा.लिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

नयाँ दिल्लीमा शुक्रबार आयोजित १४ औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गर्नुभयो ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी यो ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकोले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त पब्लिकेसनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवाक्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौँमा पशुपति नाथको दर्शनका लागि वर्षेनी हजारौँको संख्यामा आउने भारतीय पर्यटकहरु चन्द्रागिरिमा भालेश्वरको दर्शनका लागि पनि जाने गरेका उक्त प्रालिका महाप्रवन्धक अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।

यसै कारण पनि उक्त गन्तव्यलाई नयाँ दिल्लीमा आयोजना गरिएको सो कार्यक्रममा उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

सो पुरस्कार प्राप्त गरेपछि उक्त प्रालिका अध्यक्ष ढकालले आफू निकै खुसी भएको प्रतिक्रिया दिनुभयो । उहाँले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको र यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको धारणा राख्नुभयो ।

उहाँले चन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिकाजस्ता अरु पनि कैयौँ हिन्दू तीर्थस्थलहरुमा पनि उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि आधार बन्नुपर्छ भन्ने सन्देश मिलेको पनि बताउनुभयो ।

नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केवल कार निर्माण गरी विसं २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । त्यसयता हरेक दिन २ हजार देखि २२ सयको संख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

चन्द्रागिरि हिल्स प्रा.लिका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार उक्त हिल्समा केवलकार चढेर गतवर्ष सम्म करिब साढे ७ लाख पर्यटक पुगेका थिए ।

त्यहाँ जानेहरुमा उल्लेख्य संख्या व्यक्ति धार्मिक पर्यटकहरु हुने र उनीहरु भालेश्वर मन्दिरको दर्शनका लागि पनि जाने गरेका पौडेलले जानकारी दिनुभयो ।