२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठकः चार नेताको फरक मत



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ४ जनाले फरक मत राखेका छन् ।

आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेदवार नै हुन नपाउने भए ।

यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाइतर समूहका प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट नै लेखेका हुन् ।

स्रोतका अनुसार बैठकमा नेवि संघमा ३२ वर्षे उमेर हद लागू गर्ने कि नगर्ने भन्दै बहस थालिएको थियो ।

तर, वरिष्ठ नेताहरुले समग्र विधान ल्याउनुका साटो एउटा धारामा बहस गराएको भन्दै विरोध गरे । उनीहरुले आफूहरु ३२ वर्षे उमेर हदको विरोधमा नभएको तर, समग्र विधानमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसपछि निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विधान पेश गरे । ‘बैठकको एजेण्डा थाहा छैन । एकै पटक ३२ वर्षे लागू गर्ने कि नगर्ने भनेर बहस गराइन्छ’ एक नेताले भने, ‘नेवि संघले पठाएको विधान समेत हामीलाई लिइएन ।’

देउवाइतरका समूहका नेताहरुले ३२ वर्षे लागू हुने विदा दिने नेताहरुसँग पनि छलफल गर्नु पर्ने र भ्रातृ संगठनको विधान पार्टीले संशोधन गर्नुका साटो निर्देशन दिएर उनीहरुलाई नै संशोधन गर्न लागाउनु पर्ने तर्क गरेका थिए ।

तर, संस्थापन समूहको बहुमत भएको बैठकले ३२ वर्षे उमेर हदसहित विधान पास गरेको छ ।

एक नेताकाअनुसार राति करिव ११ बजे सकिएको बैठकको निर्णयहरु माइन्युट गर्दा झण्डै १२ बजेको थियो, जसमा चार नेताले नोट अफ डिसेन्ट लेखेका छन् ।

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकप्रिय विषयलाई देखाएर गलत मनसाय र आफ्नो स्वार्थ पुरा गर्ने काम भएको टिप्पणी गरे । यसले नेविसंघको महाधिवेशन नै अन्यौलमा परेको उनको दाबी छ ।