२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड स्टार बेन्जिमा ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरणमा दोषी ठहरिए



अ+ अ-

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरण दोषी ठहर भएका छन् । 

३३ वर्षीय फ्रेन्च स्टाइकर बेन्जिमा सहकर्मीको भिडियो खिचेर धम्क्याएको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।

फ्रान्सको एक अदालतले उनलाई एक वर्षको सस्पेन्डेड जेल सजाय पनि सुनाएको छ । 

यो सजायमा जेलमा बस्नु भने नपर्ने भएपनि अदातलले तोकेको विभिन्न नियम भने पालना गर्नुपर्ने बताइएको छ ।

बेन्जिमालाई ७५ हजार युरो पनि जरिवाना गरिएको छ। अहिले उनी च्याम्पियन्स लिगको खेलअघि रियल मड्रिडको अभ्यासमा छन् ।

सन् २०१५ को जुनमा फ्रेन्च फुटबलर म्याथ्यु भाल्बुआनाको सेक्स भिडियो खिचेर ब्ल्याकमेल गरिएकोमा बेन्जिमाले पैसा दिन प्रोत्साहन गरेको अभियोग लागेको थियो ।

राष्ट्रिय टिमको अभ्यासमा रहेको बेला यो घटना भएको थियो। त्यसपछि उनी राष्ट्रिय टिमबाट समेत हट्नुपरेको थियो ।