५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री बाली प्रस्थान



अ+ अ-

काठमाडौँ, २३ असोज ः अर्थमन्त्री युवराज खतिवडा यही असोज २६ देखि २८ गतेसम्म इण्डोनेशियाको बालीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषकोे संयुक्त बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडा यही असोज २८ गते स्वदेश फर्कनु हुनेछ । अर्थमन्त्रीको यो भ्रमणलाई मन्त्रिपरिषद्को भदौ १७ गतेको बैठकले अनुमोदन गरेको थियो ।