९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार सामान्य अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ, २३ असोज ः धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर रु ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । अन्य समूह ११ दशमलब ६९ बिन्दुले बढ्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ३ दशमलब ८९, होटल २१ दशमलब ४३, विकास बैंक १ दशमलब ३८, जलविद्युत् १२ दशमलब ८२, वित्त १ दशमलब १, निर्जीवन बीमा ३७ दशमलब ६४, उत्पादन ११ दशमलब ८३, माइक्रोफाइनान्स ७ दशमलब ६२ र जीवन बीमा १८ दशमलब ६३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका शेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने आज गुमाएका छन् ।