• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ सार्वजनिक (भिडियाे सहित)



काठमाडौँ :दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।

गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् ।

भिडियोको निर्देशन युवा निर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।