३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काँग्रेस नेता बाँस्तोलाको निधन, आजै अपरान्ह अन्त्येष्टि

काँग्रेस नेता बाँस्तोलाको निधन, आजै अपरान्ह अन्त्येष्टि
अ+ अ-

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०४८ सालमा भारतका लागि नेपाली राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए ।

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

परिवारिक स्रोतका अनुसार बस्तोलाको ९:२० मा निधन भएको थियो । लगतै डा. हरि शर्मालार्इ खबर गरिएको र उनले चेकजाँच गरेर मृत्यु भएको घोषणा गर्दा १०: २० भएको थियो ।

झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार विग्रिएको थियो । लगतै परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । तर, थप उपचार असम्भव रहेको भन्दै ४ बजे डिस्चार्ज गरेको थियो ।

बास्तोलालार्इ पुनः खुमलटारस्थित निवास लगियो । साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेताहरू बास्तोला निवास पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए ।

बास्तोलाको शनिबार राति नै निधन भएको छ । उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र भोलि आइपुग्ने पारिवारिक स्रोतले बताएको छ ।

१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।

भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन ।

०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।