२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ आँधीमा परेकाको शव काठमाडौँमा



अ+ अ-

पोखराः   म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ पठाइएको छ ।

शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच कोरियालीसहित नौ जनाको निधन भएको थियो । हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा छरिएर रहेका शव सङ्कलन गरी चार खेपमा गुर्जा पु¥याउन सफल भएको थियो । घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको शव आज साँझ काठमाडौँ पठाइएको पोखरा विमानस्थलमा खटिनुभएका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

धवलागिरि–१ गुर्जाका २९ वर्षीय नेत्रप्रसाद छन्त्यालको शव जिल्ला सदरमुकाममा परीक्षण गरी गाउँमै लगेर आफन्तको जिम्मा लगाइएको छ । यही असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिउँ आँधीमा परेर सङ्खुवासभा, हटियाका ३९ वर्षीय छिरिङ भोटे, भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पासाङ्बु भोटे, सोलुखुम्बुका फुर्वा भोटे, दक्षिण कोरियाका जहन ली, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन सो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुर्जा हिमाल आरोहण हुन लागेको यो पहिलो टोली थियो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका अन्य हिमाल आरोहण हुँदै आए पनि यो हिमालको आरोहणका लागि पहिलो पटक टोली पुगेको थियो । लामो समयपछि हिमाल आरोहणमा आएको टोली दुर्घटनामा परेपछि सिंगो गाउँ शोकमग्न भएको छ ।
ट्रेकिङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरु हिउँ आँधीमा परेको स्थानमा पुग्न म्याग्दीको सदरमुकाम बेनीदेखि लगभग चार घण्टा गाडी र १३ घण्टा पैदलयात्रा गर्नुपर्ने बताइएको छ ।