२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची सुरुङको अन्तिम काम ७ किमी बाँकी



अ+ अ-

–राम केसी

चौतारा: मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ ।

सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्ग नजीक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ । गत हप्ता दैनिक २०० देखि २९४ मिटरसम्म ढलान भएको थियो । ठेकेदार कम्पनीको आन्तरिक कमजोरीका कारण काममा ढिलाइ भएकामा समस्या समाधान भइसकेकाले अबका दिनमा दैनिक सरदर २५० मिटरसम्म ढलान गर्न ठेकेदार कम्पनी सहमत भएको छ । दशैंँ र तिहारजस्ता चाडपर्वमा काम रोकिने हुँदा एक महीनाभन्दा बढी समय लाग्ने बताइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– १ अम्बाथान मुहानको बाँध बाँध्ने काम वर्षात्मा खोलामा पानी बढेकाले स्थायी रुपमा बनाउन नसकी बाँकी रहे पनि अस्थायी रुपमा अर्कै बाटाबाट स्टिलको पाइप जडान भइसकेकाले सुरुङभित्र पानी हालेमा कुनै बाधा नपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार सुरुङभित्र तीन ठाउँमा भ्याण्टिलेशन जडान गर्नुपर्ने हुँदा सबै उपकरण आइसकेकाले अब सो काम पनि चाँडै हुनेछ ।

हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७।५ किमी सुरुङको काम गत चैत २७ गते भएको थियो । चैत २९ गते उपराष्ट्रपति र खानेपानी तथा शहरी विकासमन्त्रीले आयोजनाको मुहानस्थलमा औपचारिक कार्यक्रमसहित सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

नेपाल सरकारले इटालेली कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग सुरुङ निर्माणको ठेक्का सन् २०१३ मा सम्झौता गरेको थियो । निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरिएको थियो । पछिल्लो समय पनि खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीको मागअनुसार थप रकम भुक्तानी गरी दशैंँ अगाडि मेलम्ची पानी सुन्दरीजलमा झार्ने शर्तमा गत असारमा तीन महीनाको म्याद थप गरेको थियो ।